माधवनारायण नगरपालिकाका बासिन्दाले अब प्रशासनिक सेवा गरुडा बाट ।

रौतहट २९ साउन ।

रौतहट जिल्लाको माधवनारायण नगरपालिकाका बासिन्दाले अब प्रशासनिक सेवा गरुडा बाट पाउने भएका छन ।
गौर बाट सेवा पाइरहेका नागरीकलाई आवतजावतमा समस्या भएको भन्दै नजिकै गरुडा बाट सेवा संचालन गर्न नेपाली काङ्ग्रेस रौतहटका पार्टी सभापति कृष्ण प्रसाद यादबले बिशेस पहल गर्नु भएको थियो ।
अब सो नपाका सेवाग्राहीहरुले ईलाका प्रशासन कार्यालय गरुडा बाट नागरिकता लगाएतका सेवा सहज रुपमा पाउने छन । यता नागरीकता लगाएका अभिलेखहरु गरुडालाइ हस्तान्तरण गर्न जिल्ला प्रशासन कार्यालय रौतहटलाई निर्देशन समेत गृह मन्त्रालयले दिईसकेको छ ।
गृहमन्त्री बालकृष्ण खाण को शुक्रवारको मन्त्रीस्तरीय निर्णय बाट सेवा बिस्तार भएको हो ।
काग्रेसका जिल्ला सभापती कृष्ण यादव , युवा नेता नितेश कुमार गुप्ताले गरुडा बाट प्रशासनिक सेवा शुरु गर्न का लागी पहल गर्दै आउनु भएको थियो ।

लोकप्रिय