Home मुख्य समाचार रौतहटको डुमरियामा खेतमा परालमुनि ४ वटा सालको गोलिया काठ सशस्त्र प्रहरीद्वारा बरामद ।

रौतहटको डुमरियामा खेतमा परालमुनि ४ वटा सालको गोलिया काठ सशस्त्र प्रहरीद्वारा बरामद ।

रौतहटको डुमरियामा खेतमा परालमुनि ४ वटा सालको गोलिया काठ सशस्त्र प्रहरीद्वारा बरामद ।

रौतहट १९ माघ ।

रौतहटकाे कटहरिया नगरपालिका वडा न. ९ डुमरिया पुल छेउको खेतमा पराल मुनि लुकाइ राखेको अवैध ४ वटा सालको गोलिया काठ सशस्त्र प्रहरीले बरामद गरेको छ । उक्त काठ पराल मुनी लुकाइ छिपाइ राखेको विशेष सूचनाको आधारमा सशस्त्र बेस क्याम्प दुधियाभारका प्रहरी निरिक्षक मदन रसाइलीको कमान्डमा अस्थायी बेस क्याम्प पोखरभिण्डाबाट गएको संयुक्त टोलीले सालको गोलिया झन्डै २३ क्युफिट काठ मंगलबार सांझ बरामद गरेको हो । सो स्थानबाट बरामद गरिएको काठ जंगलसहिया सब डिभिजन वन कार्यालयमा बुझाइएको छ । उक्त काठ कसले त्यहाँ राखेको हो सो बारे अनुसंधान भैरहेको सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर रौतहटका प्रमुख प्रहरी उपरिक्षक ध्रुव कार्कीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here