रौतहट,१७ जेठ ।
रौतहटकाे कटहरिया नगरपालिका वडा न. २ मा किसानहरु लाइ लक्षित गरी स्टेट बोरिंग जडानको लागि शिलान्यास गरिएको छ । शिलान्यास पछि स्थानिय किसानहरु हर्षित भएका छन् । सोमबार एक कार्यक्रमका बिच तत्कालिन हथियाही गा.बि.स. का पूर्व उपाध्यक्ष समाजसेवी लक्ष्मी चौरसिया द्धारा शिलान्यास गरिएको हो ।
सो वडाको हथियाही टोल देखि पूर्व तर्फ शिव राय यादवको खेत अगाडी स्थानिय किसानहरुको ६० औं विगहा खेति योग्य जग्गा लाइ सिंचाइ गर्ने उदेश्यले सो बोरींग जडान गर्न लागिएको हो ।
जलस्रोत,उर्जा तथा सिंचाइ मन्त्रालयको २१ लाख ५० हजारको लागतमा ४१० फिट बोरीन जडान गर्नको शिलान्यास गरिएको बुझिएको हो । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा वडा नम्बर २ का वडा प्रत्यासी रामाकान्त चौरसीयाको विशेष पहलमा उक्त योजना ल्याइ शिलान्यास भइ निर्माण हुन लागेको हो । सो योजना आ.व.२०७९।८० भित्रमा सम्पन्न हुने बताइएको छ ।
सो अवसरमा जसपाका कटहरिया नगर संयोजक जितेन्द्र यादव,समाजसेवी मनोज यादव,सत्यानारायण पाठक लगायत सयौं स्थानिय किसानहरुको उपस्थिती रहेको थियो । सो बेरीन सञ्चालन भएको १२ औं महिनामा खेती गर्न गर्न पाउने भएपछि किसानहरु खुशी भएका छन् ।