रौतहट १८ जेठ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा न २ सितलपुर् बैरगनियामा शिक्षा कृषी र स्वास्थ्यमा विशेष जोड दुनुको साथै सर्वप्रथम शिक्षाको कमि कमजोरीको मध्य नजर गर्दै शिक्षा क्षेत्रलाई सुधार गर्नुको साथै गुणस्तरीय शिक्षक , शिक्षिका भवन डेस्क लगायतका ब्य्स्वाथापन गरिने , वडा न २ सितलपुर बैरगनिया अन्तर्गत सम्पूर्ण छोरी जन्म लिने सिसुलाई दुई हजार रुपैया पुरस्कार वापतको वडाको तर्फबाट पैसा दिने , र प्रत्येक साल वडाको बजेट सम्पूर्ण जनता माझ प्रतिवेदन सार्वजनिक गरिने , त्यसपछि वडा को बजेट अनुसार कृषि तर्फ तार , पोल बोरिङ्ग लगायतका सुबिधा किसानलाई दिने घोषणा गरिएको छ । वडावासीको हितलाई मध्यनजर गर्दै नव निर्वाचित वडाध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजय यादवले प्राथमिताको विषय भएको बताए छन् ।
आज बुधबार वडा कार्लयय भवन उदघाटन पश्चात पहिलो कार्यकालको लागि पदभार ग्रहण पछि पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले यस्तो बताउनु भयो । मलाइ जनताले जुन जिम्मेवारी दिएको छ त्यसमा म खरा उत्रिने प्रयास गर्ने घोषणा गरेका हुन् । सबैको साथ सहयोग लिएर अगाडी बढने प्रतिबद्धता समेत गर्नु भयो छ । सो अवसरमा नव निर्वाचित वडा सदस्यहरु प्यारेलाल यादव , सेरबहादुर पटेल दलित महिला वडा सदस्य नैना देबी पासवान , महिला वडा सदस्य राजकुमारी देबी यादव , वडा सचिव उमेश कुमार सोनी लगायत भद्रभलादमी, बुद्धिजिवी, स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो । हाम्रा सहकर्मी रामसरन यादवले खबर पठाएका छन्।