Home मुख्य समाचार सवारी साधन कारवाहीबाट एक वर्षमा २२ करोडभन्दा बढी राजश्व संकलन ।

सवारी साधन कारवाहीबाट एक वर्षमा २२ करोडभन्दा बढी राजश्व संकलन ।

सवारी साधन कारवाहीबाट एक वर्षमा २२ करोडभन्दा बढी राजश्व संकलन ।

बारा,१ भदौ।
मधेश प्रदेशमा सवारी साधन कारवाहीबाट एक वर्षमा २२ करोडभन्दा बढी राजश्व संकलन भएको छ । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८।७९ मा २२ करोड ४४ लाख राजस्व संकलन गरेको छ।
दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई सवारी नियम उलंघन गरेपछि दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो।

मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलंघन गरी दण्डजरिवाना असूल गरिएको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३ मोटरसाइकल चालकबाट चार करोड ९५ लाख ७५ हजार तथा ४७ हजार ५०५ कार, जीप र भ्यान चालकबाट तीन करोड २० लाख राजस्व असूल गरिएको छ।

यसैगरी, १५ हजार ५४० ट्याक्टरका चालकबाट ९६ लाख, १३ हजार ४२० टेम्पु चालकबाट ९० लाख ६४ हजार र ११ हजार ६७७ बसका चालकबाट ८९ लाख २० हजार दण्डजरिवाना गरी राजस्व संकलन गरिएको हो । सभार टुडेपाटी–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here