Home मुख्य समाचार राजदेवी नगरपालिकामा नि:शुल्क लोकसेवा कक्षा संचालन ।

राजदेवी नगरपालिकामा नि:शुल्क लोकसेवा कक्षा संचालन ।

राजदेवी नगरपालिकामा नि:शुल्क लोकसेवा कक्षा संचालन ।

रौतहट १७ मंसिर ।

रौतहटकाे राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी यादवले चुनावको बेला जनता संग गरेका प्रतिबद्धता अनुरुप कटिबद्ध भई आगाडि बढि रहेका छन ।पढ़ाई,दबाई,कमाई, सिचाई मुख्य एजेन्डा बोकी जनता बिच गएका थिए । निर्वाचित भए लगतै नगर प्रमुख यादव जनताको चाहना अनुसार काम गर्दै अगाडि बढि रहेका छन ।

आज शिक्षा क्षेत्र लाई द्रुत गतिले अगाडी बढाने उदेश्यले राजदेवी नगरपालिकाको आयोजनमा आज देखि नि:शुल्क लोकसेवा आयोगको तयारी कक्षा सुरु भएको छ । नपामा निःशुल्क लाेकसेवा आयाेग तयारी कक्षाकाे आज अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

राजदेवी नगरपालिकाकाे नगर उपप्रमुख राजकुमारी देवीकाे अध्यक्षतामा श्री रामनरेश लक्ष्मण मा. वि. हजमिनियामा भएकाे एक कार्यक्रम मार्फत अभिमुखीकरण सम्पन्न भएकाे छ । राजदेवी न पा काे नगर प्रमुख भिखारी प्रसाद यादव, नगर उपप्रमुख राजकुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थकाे विशेष सकृयतामा पालिकामा लाेक सेवा तयारी कक्षा सञ्चालन हुन लागेकाे छ । कक्षाबाट पालिकाभरीका १०२ जना प्रशिक्षार्थीहरूकाे सहभागीता रहेकाे छ । सहभागी सबै प्रशिक्षार्थीहरूलाई पालिकाले नि:शुल्करूपमा खरिदारकाे पुस्तक समेत वितरण गरिएकाे छ । ५० दिने कक्षा मा सहभागीसब‌ैलाई जिल्लाका दक्ष प्रशिक्षकबाट कक्षा सञ्चालन हुने राजदेवी नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत कायस्थले जानकारी दिनु भएका छन् ।

आजकाे अभिमुखीकरण कार्यक्रममा पुर्वप्रधानमन्त्री तथा रौतहट क्षेत्र नं १ का नव निर्वाचित प्रतिनिधि सभा सदस्य माधव कुमार नेपालकाे विशेष उपस्थिति रहेकाे थियाे । त्यस्तै कार्यक्रममा इशनाथ नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत उपसचिव भुदेव झा, जिल्ला हुलाक कार्यालय गाैरकाे प्रमुख देवनाथ यादव, दुर्गाभगवति गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव, मावि हजमिनियाकाे प्रधानाध्यापक संजय कुमार यादव,जेभियर इन्स्टिच्युट गाैरकाे लालबाबु चाैधरी, राैतहट एफएमकाे समाचार प्रमुख राम विश्वास मुखिया लगायतकाे उपस्थित रहेकाे थियाे ।

राजदेवी नगरपालिकाले थालेकाे याे अभियानले जनशक्ति उत्पादनमा सहयाेग पुग्नुकाे साथै हदसम्म राेजगारीकाे अवसरमा ठूलाे मद्दत पुग्ने स्थानीय बुद्धजीहरूकाे बुझाइ रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here