Home मुख्य समाचार उपमेयर रामले आफ्नो व्यक्तिगत स्वार्थको लागि किसानको जीवनसँग खेलवाड ।

उपमेयर रामले आफ्नो व्यक्तिगत स्वार्थको लागि किसानको जीवनसँग खेलवाड ।

उपमेयर रामले आफ्नो व्यक्तिगत स्वार्थको लागि किसानको जीवनसँग खेलवाड ।

रौतहट, २ पुस ।

रौतहटको वृन्दावन नगरपालिकामा पछिल्लो समय मेयर- उपमेयर बीचको जुहारि चलिरहँदा सर्वसाधारण किसान भने मारमा परेका छन् ।
नगरपालिकाका उपप्रमुख संगीता कुमारी रामले आफ्नो पदीय दायित्वको ख्याल नगरी किसानको मनोभावना विपरीतको मलखाद रोक्ने सिफारिश जारी गर्नुले स्थानीय किसानहरु माथि ठेस पुगेको बुझिएको छ। रासायनिक मलको हाहाकार चलिरहेको अवस्थामा साल्ट ट्रेडिङ कम्पनी लिमिटेड रौतहट डिपोले जिल्लाका पलिकाहरुमा मलखाद आपूर्ति गर्ने तयारी गरिरहेको अवस्थामा सो कार्य रोक्न नगर उपप्रमुख रामले हुकुमी शासनको शैलीमा उर्दी जारी गर्दै पत्राचार गरेकी हुन् ।

शुक्रबार एक पत्र जारी गर्दै उपप्रमुख रामले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डिपो गौरका कार्यालय प्रमुखलाई सम्बोधन गर्दै लेखेकी छिन् “ अर्को निर्णय नहुन्जेल सम्म बिक्री वितरण नगरीदिनुहुन हार्दिक अनुरोध गर्दछु ।“

उनको यो पत्र विवादित बन्दै गएको छ । मलको अभाव भोग्दै आएका किसानले थोरै भएपनि खाद माल पाउने आशामा बसेका किसान निरासामा पुगेका छन् । पत्रमा लेखिएको व्यहोराले जिल्लाको सम्पूर्ण पालिकामा आपूर्ति रोक्न आग्रह गरिएको जस्तो देखिन्छ । यद्यपि उनले कहाँको आपूर्ति रोक्न भनेको हुन् त्यो समेत पत्रमा खुलाइएको छैन जसको कारण अन्योलता बढेको छ।
उता नगर प्रमुख विनोद कुर्मीलाई सोध्दा यसबारे आफूलाई कुनै जानकारी नै नभएको र नगरपालिकाको कुनै निर्णय समेत नभएको बताउँछन् । किसानलाई आवश्यक मलखाद उपलब्ध गराउनु जनप्रतिनिधिको दायित्व रहेको हुँदा आफू त्यसतर्फ सकारात्मक रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here