Home मुख्य समाचार नेकपा एस देश भरीमै थ्रेस होल्ड कटाउन नदिन रौतहटमा मनौती भाखल पुजा सम्पन्न ।

नेकपा एस देश भरीमै थ्रेस होल्ड कटाउन नदिन रौतहटमा मनौती भाखल पुजा सम्पन्न ।

नेकपा एस देश भरीमै थ्रेस होल्ड कटाउन नदिन रौतहटमा मनौती भाखल पुजा सम्पन्न ।

अरविन्द कुमार यादव ।
गौर,२ पौष ।रौतहटमा गौर नगरपालिका वर्डा नम्बर ४ टिकुलिया टोलका युवाहरुले नेकपा एस राष्ट्रिय पार्टी बन्न नपाउने आशाका साथ शंकर भगवानलाई भाखल मानेका थिए।
भाखा पूरा भएपछि ५ किलो लडु चढाइएको छ।
नेपाल कम्युनिस्ट ( एकीकृत समाजवादी )पार्टी माननीय क. माधव नेपालको नेतृत्व पार्टीले थ्रेस होल्ड कटाउन नसकुन रौतहटको सदरमुकाम गौर स्थित रहेको प्रसिद्ध बानेश्वर मन्दिरलाई युवाहरुले भाखा मानेका थिए।
प्रतिनिधि सभा २०७९ निर्वाचनमा समानुपातिक मत ३% न आएपछि नेकपा(एस) राष्ट्रिय पार्टी न हुने निश्चित भए पछी नेकपा एमालेका समर्थित गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया टोलका सचिन साह लगायतका युवाहरुले भाखा पूरा पश्चात् महादेव पट्टि २ मा रहेको बानेश्वर बाबालाई ५ किलो लडु चढाई पुजा गरेका छन् ।
आज शनिवार विहान पुजा गरि लडु एवं प्रसाद वितरण गरेको सचिन साहले बताए।
नेपाल कम्युनिस्ट पार्टी (एस)ले देशमा समानुपातिक मत खसेको १ करोड ५ लाख ६० हजार ८२मध्ये २ लाख ९८ हजार ३ सय ९१ मत ल्याएका थिए।
राष्ट्रिय पार्टी बन्न संविधान उलेख गरिएको अनुसार देश मा मत खसेको कुलको मतदान संख्याको ३% समानुपातिक मत कटाईनु पर्ने व्यवस्था रहेको छ।जुन पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एस)का अध्यक्ष माननीय कमरेड माधव नेपालले समानुपातिक मत ३% पनि कटाउन नसके हामीहरुको मनोकामना रौतहटको सदरमुकाम गौर स्थित रहेका प्रसिद्ध धार्मिक बानेश्वर बाबाले सुनी दिएपछी भगवानको पुजा गरि ५ किलो लडु वितरण गरेको नेकपा एमाले युवा नेता सचिन साहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here