रौतहट २४ पुष ।
रौतहट जिल्लाको गरुडामा रहेको बंशीराम अनाथालयलाइ न्यानो कम्बल वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटि रौतहट शाखाले अनाथालयका संस्थापक,अनाथ बालबालिका एवम् कर्मचारी,मन्दिर पूजारी सहित ३३ जनालाइ न्यानो कम्बल वितरण गरेको हो ।
आइतवार एक कार्यक्रमका बिच सोसाइटि रौतहटका सभापती राजकिशोर यादवले वितरण गर्नु भएको थियो । सो अवसरमा पूर्व सभापती नन्दकिशोर झा,महामन्त्री धर्मेन्द्र सिंह,कोषध्यक्ष रामअधार यादव,सदस्य रामएकवाल साह लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

