Home मुख्य समाचार गरुडा नपाले चार जना प्रधानाध्यापक सरुवालाई शिक्षा विकास तथा समन्वय इकाईले गरे बदर ।

गरुडा नपाले चार जना प्रधानाध्यापक सरुवालाई शिक्षा विकास तथा समन्वय इकाईले गरे बदर ।

गरुडा नपाले चार जना प्रधानाध्यापक सरुवालाई शिक्षा विकास तथा समन्वय इकाईले गरे बदर ।

रौतहट २९ पुष ।

रौतहटकाे गरुडा नगरपालिकाले प्रधानाध्यापकहरुलाई सरुवा गरेको प्रति शिक्षा विकास तथा समन्वय इकाई रौतहटले बदर गरिदिएको छ । गरुडा नगरपालिकाको नगरकार्यपालिकाको बोड बैठकले नगरपालिकाको मातहातमा रहेको चार ओटा बिधालयका प्रधानाध्यापकहरुलाई सरुवा गरेको निर्णयलाई शिक्षा विकास तथा समन्वय इकाई रौतहटले मंगलबारका दिन सो निर्णय गैर कानुनि रहेको प्रष्ट पारिदै खारिज गरिदिएको छ । गरेको थियो । केहि दिन पहिला बिरोध र्याली निकालिएको गरूडा नगर संघर्ष समिति संयोजक चुनचुन साह, राजकुमार दास र संघर्ष समितिका सचिव नागेन्द्र चौरसियाको नेतृत्वमा गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल र ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक बरुण बहादुर सिंहलाई ज्ञापन पत्र बुझाएका थियो ।

सामुदायिक माध्यमिक बिधालयमा पुर्वाग्राह र सुनियोजित रुपले शिक्षा क्षेत्रलाई नै अस्त–ब्यस्त बनाउने नियतले नमुना मा.बि गरुडा ,मा.बि नयाँ गम्हरिया श्रीपुर ,मा.बि जिगडिया र मा.बि गेडहीगुठिका प्रधानाध्यापकहरुलाई अधिकार क्षेत्रभन्दा बाहिर गएर गैर कानुनी तरिकाले सरुवा गरेको प्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख राम बिनय कुमार सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here