जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा प्रवाह सम्बन्धी नयाँ तालिका सार्वजनिक ।

जनकपुरधाम, २६ साउन गते ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा प्रवाह सम्बन्धी नयाँ तालिका सार्वजनिक गरेको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारीले एक सूचना जारी गर्दै कोरोना महामारीको संक्रमण जारी नै रहेकाले समाजिक दुरीको पालना गरी जिल्लाका पालिकाहरुलाई दिन अनुसारको सेवा प्रवाह गर्ने तालिका सार्वजनिक गरेका हुन् । भदौ १ गतेदेखि धनुषामा रहेका १८ वटा पालिकाको आइतबारदेखि शुक्रबारसम्म पालपालै सेवा प्रवाह गर्ने जनाएको छ । तालिक अनुसार आइतबार नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकाको पालो रहेको छ । सोमबार धनुषाधाम नगरपालिका, सहिदनगर नगरपालिका, मिथिला विहारी नगरपालिका र सबैला नगरपालिकालाई सेवा प्रवाह गर्ने छ । यस्तै मंगलबार हंशपुर नगरपालिका, धनौजी गाउँपालिका, जनकनन्दनी गाउँपालिका र धनौजी गाउँपालिकाको पालो रहेको छ । त्यास्तै बुधबार विदेह नगरपालिका, मिथिाला नगरपालिका, बटेश्वर गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकालाई सेवा दिने प्रशासनले जनाएको छ । यस्ते बिहीबार र शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाको वडा नं १ देखि २५ वडासम्म र कमला नगरपालिकाको पालो तोकिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । सभार टुडेपाटी ।

लोकप्रिय