गुल्मीमा चट्याङ लागेर एक जना बालकको मृत्यु ।

गुल्मी २८ साउन।
गुल्मीमा चट्याङ लागेर घाइते भएका एक जना बालकको मृत्यु भएको छ ।
इस्मा गाउँपालिका ४ का ११ वर्षका राहुल गन्धर्वको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डीएसपी०पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । चट्याङ लागेर अरु तीन जना गम्भीर घाइते भएका छन् । घाइते ३९ वर्षका रामबहादुर गन्धर्व, २४ वर्षकी रुपा नेपाली र ११ वर्षका किस्मत नेपालीको गुल्मी अस्पतालमा उपचारपछि थप उपचारको लागि पाल्पा पठाएको डीएसपी बताए ।चट्याङ लागेर सामान्य घाइते भएका अन्य ३ जना भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किसकेका छन् । बुधबार बेलुकी परेको चट्याङबाट स्थानीय नारायण बस्नेतका ३ वटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ । सभार
अनलाइनखबर

लोकप्रिय