Home मुख्य समाचार अमेरिका बस्ने प्रकाश भाइ मधेशियाले गरे बलिदान दिवसको सम्झनामा सहिदत प्राप्त गरेका घर परिवारलाई सहयोग ।

अमेरिका बस्ने प्रकाश भाइ मधेशियाले गरे बलिदान दिवसको सम्झनामा सहिदत प्राप्त गरेका घर परिवारलाई सहयोग ।

अमेरिका बस्ने प्रकाश भाइ मधेशियाले गरे बलिदान दिवसको सम्झनामा सहिदत प्राप्त गरेका घर परिवारलाई सहयोग ।

अरविन्द यादव
रौतहट ५ माघ।

प्रकाश भाइ मधेशियाले बलिदानी दिवसको सम्झनामा वीर गति प्राप्त गरेका प्रती सम्मान स्वरुप रौतहटको सहिद परिवारलाई सर समान सहयोग गरेका हुन् ।
मधेस र मधेसीको हक अधिकारीको लागि देशमा विभिन्न आन्दोलनमा विरगती (सहादत )प्राप्त गरेको प्रती हरेक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाउदै आइरहेको छ।१६ औं बलिदानी दिवसको सम्झनामा रौतहटको फतुहा विजयपुर नगरपालिका वर्डा नम्बर ४ टेंग्राहा टोल निवासी हाल अमेरिका बस्ने समाजसेवी युवा प्रकाश भाइ मधेशियाले सहादत प्राप्त गरेका घर परिवारलाई आफ्नो व्यक्तिगत लगानीबाट सम्मान स्वरुप खाद्यान्न तथा शितलहर छल्न ब्लेनकेट समाग्रीहरु सहयोग गरेका छन् ।
ईशनाथ नगरपालिका वर्डा ४ महुलिया टोलका राजकिशोर ठाकुर ले रौतहटमा मधेस आन्दोलनको क्रममा गोली खाई सहादत प्राप्त गरेका थिए।
मधेस आन्दोलनको अग्रनी मोर्चामा रहेको क्रान्तिकारी निडर युवा प्रकाश भाइ मधेशियाले स्व.राजकिशोर ठाकुरको घर परिवारलाई खाना पकाउने ग्यास सिलिन्डर चुल्हो सेट,एक बोरा चामल,५ किलो दाल र खाने तेल समाग्रीहरु सहयोग गरेका छन् ।
गत २०७८ साल माघ ५ गतेका दिन प्रकाश भाइ मधेशियाले पठाएको सहयोग समाग्री हस्तान्तरण गरेपछी स्व.राजकिशोर ठाकुरको धर्मपत्नीको जिज्ञासा एक ग्यास सिलिन्डर भए खाना बनाउन सहज हुने थियो।खाना बनाउन दाउराको कमी आफ्नो खेतबारी पर्याप्त मात्रामा हुनुले दाउरा खरिद गरि पकाउने बाध्य बनाएको थियो।सो बारे जानकारी प्रकाश भाइ मधेशियालाई भएपछी ग्यास सिलिन्डर चुल्हो सहित सहयोग गरिएको छ ।
राजपुर नगरपालिका बलुआ टोल स्थितका स्व .शेख मैनुदिन र परोहा नगरपालिका तेजापाकड का स्व .शेख तवरेज आलमको घरपरिवारलाई एक बोरा चामल,५ किलो दाल र खाने तेल समाग्रीहरु सहयोग गरेका छन् ।
जसपा विद्यार्थी नेता समेत रहेका हाल अमेरिका बस्ने प्रकाश भाइ मधेशियाले अमेरिका गएपछी हरेक बलिदानी दिवसको सम्झनामा सहादत प्राप्त गरेका घरपरिवारलाई आफू जोहो गरीराखेका पैसाबाट समाग्रीहरु सहयोग गर्ने गरेका छन् ।
सो समाग्री प्रकाश भाइ मधेशियाको साथी सतिश पटेल उर्फ राजुभाई मधेशिया,पत्रकार अरविन्द कुमार यादव,अभिमनु पटेल,अरविन्द यादव उर्फ सुमित,हनुमत यादव साथै समाजवादी विद्यार्थी युनियन रौतहटको अध्यक्ष धर्मेन्द्र यादव उर्फ रितिक समेतको रोहबरमा समाग्री सहयोग गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here