जनकपुरधाममा एक युवकको शव फेला ।


जनकपुरधाम ३० साउन

जनकपुरधाममा एक युवकको बेवारिसे शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ रामानन्द चोकस्थित सडकको छेउमा शनिबार बिहान साढे ५ बजेको समयमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार फेला परेको शवको सनाखत हुन नसकेको छैन ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । सभार टुडेपाटी

लोकप्रिय