पर्सा १२ भदौ ।
पर्साको वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटमाबाट लागुऔषध सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका जिल्ला पश्चिम नवलपरासी बंजरिया गाऊँ पालिका वडा नं.१ बस्ने वर्ष ४० को अनिल भर चौधरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी ईनर्वाबाट नियमित चेकिङमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ना.८ प ५८९३ नम्बरको मोटरसाइकललाई चेक जाँचको क्रममा लागु औषध फेला परेको प्रहरीले जनाएको छ । फेला परेका लागु औषध फेनारगन १०० एम्पुल, नुर्फिन १०० एम्पुल र डाइजेपाम १०० एम्पुल गरी जम्मा ३०० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले बताउनु भयो ।
लागु औषध तथा मो.सा. बरामद गरी चौधरीलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता खनालले बताए ।