सर्लाही १३ भदौ ।
सर्लाहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । आइतबार बिहान करिब १० बजे चन्द्रनगर गाउँपालिका वडा नं. ६ का ५० वर्षीय नागेश्वर मण्डलको मृत्यु भएको हो ।
कल चलाउन जाँदा करेन्ट लागेर मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
मण्डल आफ्नै घरमा कल चलाउन जाँदा त्यसमा लागेको मोटरको तार सर्ट भइ करेन्ट प्रवाह हुँदा उनी घाइते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल सर्लाहीमा लगेकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि अस्पतालमै रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बुढाथोकीले बताए ।