रौतहटमा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु ।

रौतहट ३१ भदौ ।

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । देवाही गोनाही नगरपालिकाको वडा न. ७ का वडा अध्यक्ष जगरनाथ मुखियाको सोही स्थानमा निर्माणधिन पोखरीमा घुगी टिप्ने क्रममा कटहरिया नगरपालिकाको वडा न. ६ का १० बर्षिय निशु कुश्वाहा र बृन्दावन नगरपालिकाको वडा न. २ का १४ बर्षिय मुस्कान कुमारीको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । घुगी टिप्न गएका दुबै बालिकाहरु सो पोखरीमा मृत्यु भएको प्रहरीलाई स्थानियले जानकारी दिएका थिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरीसहित स्थानियको सहयोगमा शव पोखरीबाट बाहिर निकाली शव जाच मुचुल्का कार्य सम्पन्न गरि पोष्टम्याटमका लागी जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

लोकप्रिय