Home मुख्य समाचार रौतहटको गौरमा संचारको अवस्था तथा आचारसंहिता पालना बारे अन्तरक्रिया सम्पन्न ।

रौतहटको गौरमा संचारको अवस्था तथा आचारसंहिता पालना बारे अन्तरक्रिया सम्पन्न ।

रौतहटको गौरमा संचारको अवस्था तथा आचारसंहिता पालना बारे अन्तरक्रिया सम्पन्न ।

अरविन्द कुमार यादव
रौतहट ,२४ माघ।रौतहटको गौरमा संचारको अवस्था तथा आचारसंहिता पालना संबंधित अन्तरक्रिया सम्पन्न भएको हो।
रौतहट जिल्ला भरीका सक्रिय पत्रकारहरुसित संचारको अवस्था तथा आचारसंहिता पालना बारे एक दिने अन्तरक्रिया कार्यक्रम गौरमा सम्पन्न भएको छ।माघ २४ गते मंगलबारका दिन रौतहट उद्योग वाणिज्य संघ गौरको सभा हलमा मिडिया काउन्सिल मधेश प्रदेश,जनकपुरधामको आयोजक तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाको संयोजकमा संचारको अवस्था तथा आचारसंहिता पालना बारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।
मिडिया काउन्सिल मधेश प्रदेश ,जनकपुरधामको कार्यवाहक अध्यक्ष कैलाश दासको प्रमुख अतिथिमा भएको कार्यक्रममा समाजवादी प्रेस संगठन रौतहटको अध्यक्ष दिनेश यादवले मन्तव्य राख्दै भने पत्रकारलाई बदनाम गराउने काम मात्र हुन्छ रौतहटमा ,नयाँ पत्रकार बन्ने इच्छुक लाई आचारसंहिता सम्बन्धि एक हफ्ते तालिम हरेक वर्षमा दिनुपर्नेमा जोड दिएका थिए।मात्र आचारसंहिता तालिम दिएर कार्यव्ययन हुदैन।केन्द्र शाखा वा जिल्ला शाखाले जिम्मेवारीबाट पंछिनु पनि परेन पत्रकार दिनेश यादवले भनेका थिए।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति सदस्य शैलेन्द्र झाले अतिथिको आसनबाट पहुचको आधारमा सुचना लिने होडबाजी ,कोहीले मुख ताक्ने मात्र देखिएको उनले बताए।स्थानीय पत्रीका दैनिक चलाउन धाउधाउ परेको छ।विज्ञापन, सुचना काठमाडौ जाने गरेको अनि लोकल सुचना कार्यालयको सुचना बोर्डमा झुन्डिएको छ।
रौतहट जिल्लामा गत वर्षमा करिब १०४ संख्या सम्म रेडियो ,पत्रीका दर्ता भएको रहेको थियो।समाजिक संजाल फेसबूकमा बढी लेख्ने ,पत्रीका मार्फत समाचार न्यून लेख्ने गरेको,फेसबुकले आपसी सद्भाव बिगार्ने खराब गर्ने गरेको ,आम निर्वाचनको समयमा आचारसंहिताको पत्रा मात्र उजागर गर्ने गरेको पराले आचारसंहिताको किताब छ कतिको लागू हुने गरेको सबैले अवगत नै छ सदस्य शैलेन्द्र झाले बताएका थिए।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको पूर्व अध्यक्ष अतिथि शैलेन्द्र गुप्ताले रौतहटको पत्रकारिता साह्रै खराब भएको जिकिर गरेका थिए।नयाँ जोस जागरका साथ भ्रष्टाचार गर्ने गराउने तथा सम्बन्धित निकायलाई आँखा देखाउन लागि परेका पत्रकारलाई दिशानिर्देश दिने कोही छैन उनले बताए।यसको नेतृत्व गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखालाई लिनुपर्ने हुन्छ ।पत्रकारिता व्यवसायी हो खाने भाडो होईन,जनताको समस्यालाई उजागर गरि समाधान दिलाउने कर्तव्य पनि हो।नेपाल पत्रकार महासंघ शाखा मधेश प्रदेश भित्रका आठ वटा छन् के गर्दै छ।फेसबूके पत्रकारितालाई कन्ट्रोल गर्न गराउनमा लाग्नु पर्ने उनको ठम्याइ रहेको छ ।
मिडिया काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघ केन्द्र शाखा सदस्य बन्दना झाले रौतहटमा महिला पत्रकारको संख्यामा कमी आउनु बारे साह्रै चिन्तित तुल्याएको बताए।महिला पत्रकारमा संख्या बढाउन कस्तो उपाय वा स्वरोजगार शृजना अवसर पार्ने काममा जोड दिनुपर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखा सुस्त अवस्था रहेको झाले बताए।नेपाल पत्रकार महासंघ रौतहट शाखाको सदस्यता वितरण सम्बन्धि कुनै चलखेल ,झालझेल गर्न पाइदैन ।माछा बेच्नेले पनि महासंघ सदस्यता लिएर बजारमा घुम्ने,तस्करले मोटरसाइकलमा प्रेस लेखेर तस्करी गर्ने यस्ता कार्यको सम्पूर्ण दोषी महासंघलाई लिनुपर्छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको सदस्यता नबाड्नु राजनीति पावरमा र नातावाद ,जातीवाद,पार्टीवादको भावना आएर सदस्यता सुदृढीकरण नगर्नु पत्रकार बन्दना झाले भनेका थिए।
मिडिया काउन्सिल मधेश प्रदेश कार्यवाहक अध्यक्ष कैलाश दासले प्रमुख अतिथिको आसनबाट भने पहुचको आधारमा विज्ञान मिल्ने गरेको कुरा अथार्त हो।मदेश प्रदेश सरकारले उदेश्य साथ मिडिय काउन्सिल गठन गरेको छ।
आन्दोलन ,प्रदेश स्थापन देखि कोरोना काल सम्म पत्रकारको भुमिका अहम् छ।मधेश प्रदेश सरकारका तत्कालीन गृहमन्त्री ज्ञानेन्द्र यादवले नियुक्ति गरेको ,दोस्रो मन्त्रीले स्पष्टीकरण पुछ्दै हटाउने प्रयास गरेको ,वर्तमान मन्त्री कार्यविधि, विवरण सोधी सकेको अवस्थामा छौ,यस्तो चुनौतीको अन्त्रालमा के गर्ने कावा अध्यक्ष दासले बताए।
संचारको अवस्था बारे मधेश सरकारलाई जानकारी गराउने छौ,संचारमाध्यम अनुगमन गरि वर्गीकरण कार्यविधि निर्माण गरेर विज्ञानको व्यवस्थापन गराउने ,मिडिय काउन्सिलले प्रदेश भित्र रहेको संचार माध्यम तथा संचारकर्मीलाई सेवा सुविधा दिलाउने कावा अध्यक्ष दासले प्रतिबद्धता जाहेर गरेका थिए।
कार्यक्रम अध्यक्षता नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेम चन्द्र झाले गरेका थिए भने कार्यक्रम बारे प्रकाश मिडिय काउन्सिल प्रशासकीय अधिकृत मुनेश्वर यादव,स्वागत मन्तव्य पत्रकार प्रभात झा ,उद्घोषक नेपाल पत्रकार महासंघ रौतहट शाखा उपाध्यक्ष प्रवीण शर्माले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here