रौतहट ०८ असाेज ।
नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालको आयोजनामा रौतहटको राजदेवी नगरपालिका वडा नं ९ को माध्यमिक विद्यालयमा भएको निशुल्क आँखा शिविरमा १६४ पुरुष र १६९ जना महिला गरी ३३३ जनाको आँखा परीक्षण गर्दा १२७ जनामा मोतियाबिन्दु भेटिएको थियो। मोतियाबिन्दु भएका बिरामी हरूको गौर आँखा अस्पतालमा निशुल्क लेन्स सहितको अपरेशन गरिने छ। आँखामा सामान्य समस्या देखा परेका हरू लाई निशुल्क औषधी र चश्मा उपलब्ध गराईएको छ। रौतहटको राजदेवी नगरपालिक वडा नं ९ र समाजिक अभियन्ता नविन कुमार सिंहको संयुक्त स्थानीय आयोजनमा भएको उक्त शिविर प्रमुख अतिथीमा उपप्रमुख अंशु सिंह, विशिष्ठ अतिथी प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, अतिथि नेपाल प्रहरीका प्रहरी उपरीक्षक बिनोद घिमिरे , अतिथि सशस्त्र प्रहरी उपरीक्षक सुर्य सेन ओली, अतिथि अनुसन्धानका SP मुकुन्द बहादुर खडका, अतिथि नेपाल नेत्र ज्योति संघ रौतहटका सभापती विजय सिंह, अतिथि वडा अध्यक्ष र कार्यपालिका सदस्य हरू समेतको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष पुलिन्द्र दासले गरेका थिए। उक्त शिविरको उदघाटन कार्यक्रममा स्वागत मन्तब्य प्रधानाध्यापक दिपेन्द्र श्रीवास्तवले गरेका थिए भने संचारकर्मी राम विश्वास मुखियाले कार्यक्रम सञ्चालन गरेका थिए। आँखा शिविरमा अहम योगदान पुर्याएकोमा नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पताल, नेपाल नेत्र ज्योति संघ रौतहट शाखा, प्रधानाध्यापक दिपेन्द्र श्रीवास्तव, समाजसेवी नविन कुमार सिंह, अमर बैठा, रमेश साह लाई सम्मानित गरिएको थियो।