रौतहट ०८ असोज ।
गुजरामा एक विद्यालयको चार कोठे भवनको शिलान्यास गरिएको छ । रौतहट जिल्लाको गुजरा नगरपालिकाको वडा न. १ मा रहेको प्राथमिक विद्यालय कोठियारमा प्रदेश न २ बाट विनियोजित रकमबाट भवन निर्माण हुने गरि शुक्रबार सो भवनको गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरीले शिलान्यास गर्नु भएको हो । सो विद्यालयमा भवनको अभावका कारण विद्यार्थीहरुलाई अध्ययन अध्यापनमा कठिन हुदै आएको थियो । प्रदेश सरकारले भवन निर्माणका लागी रकम विनियोजन गरेपछि स्थानियले खुशी ब्यक्त गरेका छन ।
कार्यक्रममा गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरी शिक्षा प्रमुख शिवमंगल शाह ,नगर स्तरिय बाल सञ्जाल बाल कल्बका अध्यक्ष अब्दुल सलाम लगयत सामाजसेवि राजनीति दलका अगुवाहरुको सहभागीता रहेको थियो ।