Home मुख्य समाचार यूनिसेफ नेपाल तथा राजदेवी नपाकाे सहकार्यमा संचालीत खानेपानी सरसफाई तथा स्वक्षता कार्यक्रम ।

यूनिसेफ नेपाल तथा राजदेवी नपाकाे सहकार्यमा संचालीत खानेपानी सरसफाई तथा स्वक्षता कार्यक्रम ।

यूनिसेफ नेपाल तथा राजदेवी नपाकाे सहकार्यमा संचालीत खानेपानी सरसफाई तथा स्वक्षता कार्यक्रम ।

रौतहट २७ माघ ।

यूनिसेफ नेपाल तथा राजदेवी नगरपालीकाको सहकार्यमा संचालीत खानेपानी सरसफाई तथा स्वक्षता कार्यक्रम अन्तर्गत भएका कार्यको राजदेवी नगरपालिकाको नगर प्रमुखभिखारी यादव लगायतका टोलीले तेश्रो पक्षियअनुगमन गरेका छन् ।

राजदेवी नगरपालिकाको विभिन्न वडामा रहेको दलित विप्पन बर्गहरुको समुदायलाइ लक्षित गरी सुरक्षित खानेपानी तथा सरसफाइको सुविधाको पहुच गराइ नमुना टोल बनाइ सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
गर्ने लक्ष्य रहेको थियो ।

उक्तलक्ष्यलाइ पुरा गर्नका लागी विभिन्न सहयोगी क्रियाकलापहरु संचालन गरियो । राजदेवी न. पा. वडा नं. ४ लक्ष्मीनीया टोलको ९८ घरधुरीमा सुरक्षितपानी वाट वन्चित रहेको घरधुरीको पहुंचका लागी चप्पाकल- ७, शौचालय बाट बन्चित रहेको घरधुरीलाइ २२ वटा शौचालय, त्यस्तै वडा न . ५ रामनगर टोलको ३० घरधुरीमा चप्पाकल- ६ शौचालय १७, वडा न ५ हजमिनिया पताही टोलमा चप्पाकल ५ शौचालय- २०
, बडा नं. ६ पासवान टोलको ६० घरधुरीमा चप्पाकल- ३ शौचालय २८, वडा नं. ६ माठ टोलको १०५ घरधुरीमा चप्पाकल- ९ शौचालय – ३०, वडा नं. ९ पनिटंकी टोलको ५५ घरधुरीमा चप्पाकल ५ शौचालय- १२, वडा नं. ४ गडहिया टोलको १२५ घरधुरीमा शौचालय ४२ गरि कुल २०२ थान शौचालय तथा वाढी प्रभावित समुदायमा
५ ओटा उचो चप्पाकल र ३० थान डिप चप्पाकल गरी ३५ थान चप्पकल जडान गरिएको थियो ।

सफा पानीको अभावका कारण दुषित पानीको प्रयोग गर्नाले झाडापखाला, आउँ, हैजा, टाईफाईट, हेपाटाईटिस ‘ए’ जस्ता रोगहरुको संक्रमण हुन सक्छ । यसको कारण विशेष गरी वालवालिकाहरुलाई रोकथाम गर्न सकिने रोगहरुबाट जोखिम सिर्जना हुन पुग्दछ । सुधारिएको खानेपानीको व्यवस्था नेपालका लगभग ९०% जनसंख्या सम्म पुगको भएतापनि सुरक्षित खानेपानी भने २०% देखि २७ सम्म मात्र पुगेको अनुमान गरिएको छ ।
समुदायमा खानेपानीको अवस्था सुधार्न तथा उक्त सुधारलाई दिगो वनाउन समुदायको क्षमता भन्दा वाहिरको लगानी र प्रयासको आवश्यकता पर्न सक्छ । समुदाय द्वारा निर्देशित सुरक्षित खानेपानी कार्यक्रमहरुले पूर्वाधार स्तरोन्नतिको योजना बनाउनका लागि स्थानीय अधिकारीहरुलाई सहयोग पुयाउन एकदम जरुरी रहेको कुरा बास कोऑर्डिनेटर सुनिल कुमार साहले बताएका छन् ।

सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नका लागि विगत का वर्षदेखि नगरपालिका र युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा विभिन्न क्रियाकलापहरु सञ्चालन हुँदै आएका छन् । जडान गरिएको चप्पाकलको पानीको तथा प्रदेश स्थित रहेको खानेपानी मन्त्रालय यखानेपानी तथा ढल गुणस्तर जाच पालीकामा स्थापना गरेकव्य वस्थापन विभागको मोवाइल भ्यानबाट चेकजाच गरिएको युनिसेफ नेपालका वास कोअर्डिनेटर साहले बताएका छन्

अनुगमनमा नगर प्रमुखभिखारी यादव, उपप्रमुख राजकुमारी शाह , प्रमुख प्रसासकिय अधिकृत प्रलव कायस्थ, स्वास्थ्य इन्चार्ज सुवोध शाह, योजना प्रमुख पंकज मिश्रा, सूचना प्रमुख चन्द्रभूषण यादव, संचारकर्मी लगायत वास कोअर्डिनेटर सुनिल कुमार साह रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here