चन्द्रपुरबाट अबैध पाटाका सहित एक जना पक्राउ।

रौतहट १३ असाेज ।
चन्द्रपुरबाट बिस्फोटक पदार्थ पटाका सहित एक जना पक्राउ परेका छन ।चन्द्रपुर नगरपालिका–४ स्थित लोकमार्गमा ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा पक्राउ परेका ईलाका प्रहरी कार्यालय चनद्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछाने बताएका छन । खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा ग १ ख ६३४१ नम्बरको यात्रुबाहक बसबाट अबैध बिष्फोटक पदार्थ पटाकासहित एक जना नियन्त्रणमा लिइएको हो । सोहि बसमा सवार सर्लाहिको पर्सा गाउपालिका वार्ड नं।४ घर बताउने अन्दाजी बर्ष २५ को संजित साहसहित एक लाख ६२ हजार ४ सय ८४ रुपैँया बराबरको अबैध पाटाका नियन्त्रणम लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि लामिछाने बताएका छन । नियन्त्रणमा लिएको साहलाई बिस्फोटक पदार्थ पटाका शिर्षकमा मुद्धा दर्ता गरि जिल्ला अदालत रौतहट गौरबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको डिएसपि लामिछाने जनाएका छन । रौतहटमा चाडपर्व नजिकिएसँगै त्यसलाई लक्षित गरी अबैध जन्य वस्तुहरुको चोरी निर्यात पैठारी गर्ने गिरोह सल्बलाउन थालेका हुन् । रौतहटमा हिन्दुहरुको महान पर्व दिपावली ,छठ जस्ता पर्वहरुमा मनोरञ्जनका लागी प्रयोग गर्ने पटाकाका अबैध धन्दा बढन थालेको देखिएको छ । गत भदौमा पनि बंकुल नाकाबाट ठुलो पटाका बरामद गरि नष्ट गरिएको थियो । यस अबैध पटाकाबाट बिभिन्न किसिमका क्षति पनि भएको सबैलाई अवगत नै रहेको छ । त्यसकारण यस्ता अबैध पाटाका जन्य बस्तुलाई नियन्त्रणमा लिन आवश्यक नै हो ।

लोकप्रिय