रौतहट १७ असाेज ।
रौतहटकाे गरुडा नगरपालिकाको छैठो नगरसभा सम्पन्न भएको छ । रौतहटको मध्यभागमा रहेको आफैँनै नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको छैँठो नगरसभा अधिवेशन २०७८/०७९ सभ्य एवं भव्याताका साथ सम्पन्न भएको छ । नगर प्रमुख र उपनगर को आपसी तालमेल न मिलेको करण लामो समय देखि बेथिति रहेको गरुडा नगरपालिका केन्द्र सरकारको निर्णय अनुसार भादौ १० हुने नगर सभा ढिलो भएको छ । जनता बिकाश को कार्य ढिलो हुदै रहेको कारण सहमति बाट नभई बहुमतीय बाट नगरसभा गरिएको नगर प्रमुख इन्नु यादव ले बताएको छ ।

राष्ट्रिय गानबाट सुरु भएको नगरसभामा ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा गरिएको थियो । कार्यक्रमका सभाअध्यक्ष नगर प्रमुख ईन्नु राय यादबले पानसमा बति बालेर नगरसभाको उदघाटन गर्नु भएको थियोे । नगर प्रमुख ईन्नु राय यादबले सभाध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८/०७९ मा नगरको समग्र विकासका लागि ५३ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको हो । चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि गरुडा नगरपालिकाले आफना छैँठो नगरसभाबाट ५३ करोड ७५ लाख ६२ हजार रूपैया बजेट विनियोजन गरेको छ ।


यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, खानेपानी तथा सरसफाई, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकाका नगर कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु, कर्मचारी, विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनितिककर्मी,सुरक्षाकर्मी, पत्रकार लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।