Home मुख्य समाचार बृन्दावन नगरपालिकाको विवाद र आन्दोलन नहुने विषयमा सहमति दुबै पक्षले एकअर्काको हात समाए ।

बृन्दावन नगरपालिकाको विवाद र आन्दोलन नहुने विषयमा सहमति दुबै पक्षले एकअर्काको हात समाए ।

बृन्दावन नगरपालिकाको विवाद र आन्दोलन नहुने विषयमा सहमति दुबै पक्षले एकअर्काको हात समाए ।

रौतहट २ फागुन ।

विगत केही दिनदेखि अस्तव्यस्त रौतहट जिल्लाको बृन्दावन नगरपालिका रहेको थियो । गत शुक्रबार नदी उत्खनन गर्ने बिषयलाई लिएर ठूलो आन्दोलन र झडप समेत भएको थियो सत्ता पक्षलाई मुख्य दोषी बनाएर प्रतिपक्षमा रहेका नेकपा एमाले मेयर प्रत्यासी प्रेमशंकर यादव, पूर्वमेयर रामस्नेही राय यादव, नेकपा माओवादीका रामप्रसाद पटेल, वडा नं २ का वडाअध्यक्ष सिकिन्द्र पटेल, वडाअध्यक्ष श्यामनन्दन यादव लगायतका नेताहरूले आन्दोलन गरेको थियो त्यसकारण पुरै नगरको कामकाज थप्प भएको हो ।

ठाउँ-ठाउँमा आन्दोलन, झडप र विवादले बृन्दावन नगरपालिकाबासी त्रसित भएको थियो । त्यस कार्यलाई मध्ये नजर गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरी बल रौतहटका प्रहरी उपरीक्षक माधव रेग्मी लगायतको सुरक्षा निकायलाई शान्ति सुरक्षाको बिषयले धेरै ठूलो चुनौती भएको थियो कि आन्दोलनले कहैकतै केही अप्रिय घटना घट्यो भनेर नराम्रो सन्देश जान्छ भने भोलिको दिनमा यसको जिम्मेवारी कसले लिने कुरालाई नजर गर्दै आज पक्ष सत्ता पक्षका निर्वाचित मेयर बिनोद प्रसाद कुर्मी र प्रतिपक्षका नेता प्रेमशंकर यादव, रामस्नेही यादव, रामप्रसाद यादव, श्यामनन्दन यादव लगायत दुबै पक्षलाई आज बसाएर दुबै पक्षको विभिन्न मागेको कुराहरूमा बृहत छलफल गरि गराई अब देखि नगरको कामकाज गर्न सहज वातावरण बनाई अगामी दिनमा सबैले मिलेर जाने बिषयमा सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here