Home मुख्य समाचार मेडिकल सुप्रिटेन्डेन्ट डाँ.कृष्ण साहको कोशी अञ्चल अस्पताल बिराटनगरमा काज फिर्ता ।

मेडिकल सुप्रिटेन्डेन्ट डाँ.कृष्ण साहको कोशी अञ्चल अस्पताल बिराटनगरमा काज फिर्ता ।

मेडिकल सुप्रिटेन्डेन्ट डाँ.कृष्ण साहको कोशी अञ्चल अस्पताल बिराटनगरमा काज फिर्ता ।

रौतहट २ फागुन ।

प्रादेशिक अस्पताल गौरको हितमा आज एउटा अविश्वसनीय काम भएको छ। बर्षौ देखि पैंसा र पावरको दमले काम गर्दै आएका मेडिकल सुप्रिटेन्डेन्ट डाँ.कृष्ण साहको कोशी अञ्चल अस्पताल बिराटनगरमा काज फिर्ता गरि संघीय स्वस्थ्य मंत्रालयले फिर्ता पढाएको छ ।

यो कार्यले अब प्रादेशिक अस्पताल गौरको बिकास, व्यवस्थापन र सुधार कार्यले तिब्रता पाउने प्रादेशिक अस्पतालले महसुस गरेको छ।

यस कार्यमा सहयोग गरिदिनु भएकोमा हाम्रा माननीय स्वास्थ्य मन्त्री लगायत वहाँको सम्पुर्ण टिमलाई प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले हृदय देखि धन्यवाद गर्दै ज्ञापन गर्नुभएको छ।

माननीय मन्त्री आगामी दिनहरूमा पनि जुन सुकै समस्या परे आफु सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हासमीले व्यक्त गर्नुभएको छ।

आगामी दिनमा पनि यस प्रादेशिक अस्पतालको बिकास कार्यमा कुनै पनि बाधा अवरोध आउन नदिने र निरन्तर रुपमा यस प्रादेशिक अस्पताल गौरको सुधार कार्य जारी राख्ने प्रतिवद्धता अध्यक्ष मोहम्मद अनवर हाश्मीले ब्यक्त गर्नु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here