Home मुख्य समाचार पालिका स्तरीय हात्तीपाइले रोग सम्बन्धि गोष्ठी सम्पन्न ।

पालिका स्तरीय हात्तीपाइले रोग सम्बन्धि गोष्ठी सम्पन्न ।

पालिका स्तरीय हात्तीपाइले रोग सम्बन्धि गोष्ठी सम्पन्न ।

रौतहट ३ फागुन ।

रौतहटमा पालिका स्तरीय हात्तीपाइले रोग सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा एक दिने पालिका स्तरीय राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम गरिएको छ ।
फतुवा बिजयपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ९ मा रहेको श्री माध्यमिक विद्यालय बिजयपुरमा सो अभिमुखिरण सम्पन्न भएका हो । हात्तीपाइले उन्मुलनको लागि “ हात्तीपाइले विरूद्धको औषधी खाऔँ, यो वर्षलाई अन्तिम बनाऔँ “ भन्ने नारा सहित सुरू हात्तीपाइले अभियान चलाउन लागिएको हो ।
कार्यक्रममा पालिकाको जनप्रतिनिधीहरु, विभिन्न शाखाका प्रमुख, स्वास्थ्यकर्मी लगायतका व्यत्तीहरुको सहभागिता रहेको थियो । हात्तीपाइले विरूद्धको औषधी खाएपछि कुनै पनि गम्भीर असर नपर्ने बताउँदै प्रशिक्षकले औषधीको बारेमा रहेको नकारात्मक सोचलाई हटाई यसको प्रयोगमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
नेपाल सरकारले सन २०३० सम्म हात्तीपाइले उन्मुलन गर्नुपर्ने लक्ष्य लिएको बताउँदै जनस्वास्थ्य अधिकृत प्रशिक्षक मनिषा ढकालले सो लक्ष्यमा केन्द्रित भइ स्वास्थ्यकर्मीले जिम्मेवारीपूर्ण ढंगले यसको उन्मुलनमा लाग्नु पर्ने बताउनु भयो ।
सो अन्तरक्रियामा फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बेया खातुन,स्वास्थ्य शाखा प्रमुख रघुनाथ साह,सह संयोजक दिनेश ठाकुर,नि.प्रमुख प्रशासकिय अधिकृत हंसराज यादव,अधिकृत प्रमोद गुप्ता, वडा नम्बर ६ का वडा अध्यक्ष रामएकलवाल यादव, नम्बर ९ का वडा अध्यक्ष राकेश यादव,विभिन्न वडाका वडाध्यक्षहरू,जिन्सी शाखा प्रमुख हिरालाल महतो,स्वाथ्य चौकी सितलपुरका कार्यालय प्रमुख रमेश यादव,जितेन्द्र यादव, स्वास्थचौकी प्रमुख, स्वास्थ्यकर्मी तथा श्री मावि बिजयपुरका प्रधानाध्यापक शंकर यादव लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमोद गुप्ता,मनिषा ढकाल र स्वास्थ्य शाखा प्रमुख साहले सहजीकरण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here