रौतहटको देवाही गोनाही  नगरपालिकाको पाचौ आधिबेशन भब्य रुपमा  सम्पन्न ।

रौतहट २५ असोज।

रौतहटको जिल्लाको देवाही गोनाही  नगरपालिकाको पाचौ आधिबेशन भब्य रुपमा  सम्पन्न भएको हो ।जनता समाजवादी पार्टीको नगर प्रमुख भएको देवाहीगोनाही  नगरपालिकामा नेकपा एमाले , नेकपा माओवादीका निर्वाचित जनप्रतिनिधिहरुको अवरोधको कारण ३ महिना ढिलो सोमबार  भब्य रुपमा पाँचौं नगरसभा सम्पन्न भएको छ ।राजनीतिक दलको निर्वाचित जनप्रतिनिधि विच सहमति भएपछी नगर अधिबेशन शान्ति पूर्ण बातावरण मा सम्पन्न भएको हो । नगर प्रमुख धर्मेन्द्र पटेलले  अधिवेशनमा आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तु गगर्नु भएको थियो  । नगर प्रमुख पटेलले  आगामी आर्थिक वर्षको लागि ४९  करोड ८६  लाख १५  हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गर्नु भएको छ ।आन्तरिक आयबाट १ करोड  प्रद्रेश सरकार  संघीय सरकारको राजश्व बाडफाडबाट ७ करोड ६०  लाख ६२  हजार ,  केन्द्र तथा प्रदेश सरकार बाट सशर्त अनुदान तर्फ १७  करोड ४५  लाख ,अन्तरसरकारी बितिय हस्तान्तरण बाट १० करोड ८८ लाख, केन्द्र सरकार बाट प्राप्त हुने बिषेस अनुदान २ करोड २४ लाख, प्रदेश सरकार बाट प्रदान हुने सम्पुरक तथा बिशेष अनुदानबाट  ५० लाख रुपैयाँ  व्यय रहेको प्रस्तुत नीति तथा कार्यक्रम मा उल्लेख गरिएको छ १४ पेजको लामो प्रस्तुत नीति कार्यक्रममा पूर्वाधार , शिक्षा , स्वास्थ्य , कृषि सिचाई , पशु ,मनोरंजन खेलकुद ,  उद्योग तथा बाणिज्य पर्यटन सहकारी क्षेत्रलाइ प्राथमिकता दिइएको छ । देवाही गोनाहीको पाँचौं नगरसभाको  नगरप्रमुख धर्मेन्द्र पटेल र उपप्रमुख परनिया देवी पटेलले पानसमा बती बालेर उद्घाटन हार्नु भएको थियो ।सहिदहरुको सम्झनामा १ मिनेट मौन धारणको साथ् साथै राष्ट्रिय  गान बाट पाँचौ अधिवेशन सुरु भएको नगरपालिकाले जनाएको छ । देवाहीगोनाही नगरपालिकाको पाचौं नगरसभामा नगरपरिषदको सफलताको कामना गर्दै नगर उपप्रमुख परनिया देवी पटेलले शुभकामना व्यक्त गर्नु भएको थियो । देवाही गोनाही नगरपालिकाको पाँचौं नगरसभाको अवशरमा सुरक्षा निकायको प्रतिनिधि तथा नगरपालिकाको कर्मचारीलाई नगर प्रमुख र उप प्रमुखले दोसाला ओढाएर समान समेत गर्नु भएको थियो  । उक्त नगर परिषदमा कार्यापालिका सदस्य कर्मचारी पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो  ।

लोकप्रिय