Home मुख्य समाचार जनमत पार्टीको ब्यबहारको विरोधमा रौतहटका ईन्जिनियरहरूले बुझाए ज्ञापनपत्र ।

जनमत पार्टीको ब्यबहारको विरोधमा रौतहटका ईन्जिनियरहरूले बुझाए ज्ञापनपत्र ।

जनमत पार्टीको ब्यबहारको विरोधमा रौतहटका ईन्जिनियरहरूले बुझाए ज्ञापनपत्र ।

 

रौतहट ७ कात्तिक ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका आयोजना प्रमुख इन्जिनियर राजेश कुशवाहा लगायत अन्य कर्मचारीहरू माथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूबाट कार्तिक ४ गतेका दिन गरिएको अमानवीय व्यवहार प्रति सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN) प्रदेश नं २ को गम्भीर ध्यानाकर्षण भएको छ ।

राष्ट्र सेवक कर्मचारी माथि गरिएको दुर्ववहार निन्दनीय हुनुको साथै समाज र देशमा उदण्डता, अराजकताको पराकाष्टको कदम चालिएको हो । तसर्थ देश विधिको शासनमा चल्ने र सो विधिलाई पालना गर्दै जनसेवामा दिनरात खटिएका राष्ट्र सेवक कर्मचारी प्रतिको अमर्यादित अकल्पनीय घटनामा संलग्न असमाजिक तत्वहरूलाई तत्काल गिरफ्तार गरि देशमा स्थापित कानुनको अनुभुती गराइ कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारसँग सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालले आज जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई ज्ञापनपत्र बुझाएको छ । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवको अगुवाइमा सो ज्ञापनपत्र बुझाइएको छ ।
जनमत पार्टीका नेता कार्यकर्ताहरू द्वारा राष्ट्र सेवक कर्मचारी माथिको दुर्ववहार र यस्तो अन्य कुनै अमानवीय घटना राष्ट्र सेवक कर्मचारीहरू माथि जिल्लाको कुनै पनि स्थानमा भए वा दोहोरिने शंका समेत लागेमा सिधै जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटलाई जानकारी गराउनु र त्यस्तालाइ कडा कानुनी दायरामा ल्याइ कारबाहि अगाडि बढाउन तयार रहेको प्रमुख जिल्ला अधिकारी शाहीले ज्ञापनपत्र बुझ्दै प्रतिबद्धता जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here