रौतहट ७ कात्तिक ।
गरुडा नगरपालिका वडा नं. ४ स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डको किनारमा वेवारिसे अवस्थामा भन्सार छलेर ल्याएको ७३ हजारको विभिन्न रेडिमेड कपडा प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएका प्रहरी टाेलीले कार्तिक १ गते सोमवार सो सडकमा ४२ हजार ५० रुपैया बराबरकाे रेडिमेड कपडाहरु वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । त्यस्तै मंगलवार बिहान ६ बजेको साेही नंपाकाे वडा नं. ५ शिवनगर स्थित सडकको पश्चिम किनारमा नाईलन तथा कपडाको झोलामा भारतबाट भन्सार छली ल्याएको एसियन कम्पनीको पेन्ट भएको झोलाहरु फेला पारेका थिए ।
बरामद भएकाे झाेला कसैकाे नरहेकाे स्पष्ट भए पश्चात अन्दाजी मुल्य तिस हजार पाँच सयकाे समान नियन्त्रणमा लिइएकाे थियाे । बरामद भएकाे कपडा र पेन्टहरु कुल ७२ हजार ५ सय ५० बरावरको रहेकाे र उक्त समाग्री आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक श्रीराम भण्डारीले बताउनुभयाे ।