रौतहट १२ कात्तिक ।
रौतहटको गरुडा नगरपालिकाको वडा न ४ मा अवस्थित रहेको साहु ट्रेड कन्सर्नमा बिहिबार रात २ बजेको समयमा अचानक आगलगी भएको छ । ट्रेडमा आगलगी हुँदा घरमा रहेको सम्पुर्ण समाग्री तथा घर जलेर नष्ट भएको छ । ट्रेडमा आगलगी हुँदा करोडोको क्षति भएको ट्रेडका सन्चालक मिनु कुमारी साह बताएका छन । आगलगी भएको स्थानामा नेपाल प्रहरी ,शसस्त्र प्रहरी ,नेपाल सेना लगायत गौर नगरपालिका ,चन्द्रपुर नगरपालिकाको बारुन यन्त्रको सहयोगमा आगीलाई नियन्त्रमा लिएको छ । आगलगी भएको स्थानमा प्रहरीहरु अनुसन्धान गरिहेको छ । आगलगी भएको कारण अहिलेसम्म खुलाएको छैन । आगलगी भएको कारण के हो भने भनि गरुडा ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्रीराम भण्डारी अनुसन्धान गरिरहेको बताएका छन । यसको बारेमा थप बिवरण आउन बाँकी छ ।