Home मुख्य समाचार आम औषधी सेवन अभियान सम्बन्धि संचारकर्मिहरू संग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

आम औषधी सेवन अभियान सम्बन्धि संचारकर्मिहरू संग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

आम औषधी सेवन अभियान सम्बन्धि संचारकर्मिहरू संग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

रौतहट १३ फागुन ।

रौतहट जिल्लाको १८ पालिका मध्ये बृन्दावन नगरपालिकामा राष्ट्रिय हातिपाईले रोग निवारण–२०७९ आम औषधी सेवन अभियान सम्बन्धी सञ्चारकर्मिसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।साे नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका अन्तर्गत पर्ने स्वास्थ्य चौकीको सभाहलमा राष्ट्रिय हातिपाईले रोग निवारण–२०७९ आम औषधी सेवन अभियान अन्तर्गत आयोजित स्थानीय तह स्तरीय योजना तर्जुमा सञ्चारकर्मिसंग अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।

जिल्लाको पुर्वीभेगमा पर्ने बृन्दावन नगरपालिकाभित्रका ५१ हजार भन्दा बढीलाई फागुन ११ गतेदेखि २४ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरेको छ ।शनिबार बृन्दावन नगरपालिकाको स्वास्थ्य चौकीको सभाहलमा राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम–२०७९ आम औषधि सेवन अभियान अन्तर्गत आयोजित स्थानीय तह स्तरीय योजना तर्जुमा तथा सञ्चारकर्मि अन्तरक्रिया कार्यक्रममा नगरभित्रका ५१ हजार २ सय ९२ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको जानकारी गराइएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत राम नरेश प्रसाद यादबले फागुन ११ देखि ९ वटै वडामा एकैसाथ औषधि खुवाउन कार्य सुरु गरेको जानकारी दिए ।यादबका अनुसार टोल बस्ती तथा विद्यालयहरुमा स्वास्थ्यकर्मी घरघरमा पुगेर औषधि खुवाउनु पर्ने बताउनु भयो ।

सिकिस्त बिरामिहरू जस्तै
ओछ्यान बाट उठन कठिन वा कमजाेर बनाउन शिघ्र वा दिर्घ राेग भएका बिरामीहरू अस्पतालमा भर्ना भएका ।
डाएलाईसिस जस्ता चिकित्सा बिराहरू
मृगि ( छरे राेग) भएका वा न्युराेसिस्टाईसकाेर्सिशका बिरामीहरू लाई समेतकाले न खानकाे लागि प्रशिक्षण दिए ।

साे कार्यक्रम स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य शाखाको उप–प्रमुख ईदमहम्मद मंसुर, अभिराज नन्दन ,मधु यादब ,का.स राजदेव यादब लगायत स्वास्थकर्मिहरू र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here