रौतहटमा करेन्ट लागेर एक जनाकाे मृत्यु ।

रौतहट १ मंसिर ।

रौतहट जिल्लाको गरूडा नगरपालिका मा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । गरुडा नगरपालिका वडा नं ५ महम्मदपुरका स्थानिय गोबि राय यादवको २६ वर्षीय छोरा नन्दकिशोर यादवको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । विद्युतको तार लगेर मोटर बाट खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर यादवको घटना स्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरूडाका डिएसपि श्रीराम भण्डारीले जानकारी दिनु भयो । यादवको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको भण्डारीले बताए ।

लोकप्रिय