सिरहा १६ मंसिर ।
सम बरियारपट्टीमा मोटरसाईकको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका वडा नम्वर १३ वस्ने ६५ वर्षीय राम विलास यादव रहेका छन्। बरियारपट्टी गाँउपालिका वडा नं.२ वस्ने कारी यादवले चलाएको स.३ प ९२० नं. मोटरसाइकलले बरियापट्टी चौक मा राम विलासलाइ ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट घाईते भएका यादवलाई उपचारको लागी धनगढीमाई नगरपालिका मुसहर्निया स्थित रहेको आरके मेडिसिटी अस्पतालमा ल्याएको र त्याँहा उपचार सम्भव नभएपछि थप उपचारको लागी विराटनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । मोटरसाईकल चालकको उपचार आरके मेडिसिटीमा भईरहेको तथा मोटरसाईकल ईलाका प्रहरी कार्यालय वरियापट्टीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मृतक यादवको शव पोस्ट मार्टमको लागी लहानमा पठाइएको ईलाका प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।