रौतहट २१ मंसिर ।
रौतहटकाे गुजरा नगरपालिकाको सिम्री टोलमा झोलुङे पुलको निर्माण कार्य सम्पन्न भएको छ । गुजरा वडा नम्बर ३ स्थित सिम्रीटोलमा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको हो । सोमबार नगरपलिकाका नगर प्रमुख सन्तलाल चौधरीले तामझामका साथ सो झुलुङे पुलको उद्घाटन गरेका छन्। धन्सर खोला पारी रहेको गाउँ सिम्रि लाई गुजरा नगरपालिकासँग जोड्न सो स्थानमा झुलुंगे पुलको आवश्यकतालाई मध्यनजर गरी उक्त झुलुँगे पुलको निर्माण गरिएको नगरप्रमुख चौधरीले बताए । नवनिर्मित झुलंगे पुलबाट आवत जावतमा सहज हुने र विशेषत वर्षायाममा आउने धनसार खोलाको बाढीले गर्दा आवतजावतमा कठिनाई भोग्दै आएका सिमरी टोल निवासी स्थानीयहरुलाई सहज हुने स्थानीयहरु बताउँछन् । उक्त पुल नगरपालिकाको २७ लाख रकम बाट बनेको पुलको गुजराका मेयर सन्तलाल चौधरीले बताएका छन् । कार्यक्रमममा नगर उपप्रमुख शेख रोशन,वडाध्यक्ष अशोक कुमार थारु, निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद जयसवाल, पत्रकारहरु लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।