Home मुख्य समाचार विरगञ्जबाट स्रोत नखुलेको १८ लाख रकम सहित दुई जना पक्राउ।

विरगञ्जबाट स्रोत नखुलेको १८ लाख रकम सहित दुई जना पक्राउ।

विरगञ्जबाट  स्रोत नखुलेको १८ लाख रकम सहित दुई जना पक्राउ।

रौतहट २७ मंसिर।
पर्साकाे वीरगञ्जबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ सहित दुई जनाको प्रहरी पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निवासी २८ वर्षीय चन्दन कुमार साह र घडीअर्वा निवासी ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका हुन ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर देखि आदर्शनगरतिर जाँदै गरेका ना.१६ प. ५४४६ नम्बरको नेपाली मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा स्रोत नखुलेको १८ लाख नगद बरामद भएको पर्सा प्रहरीले जानकारी दिएका हुन् ।
साहले बोकेको झोलाबाट अवैध रकम फेला परेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकश खनालले जानकारी दिएका हुन् ।

पक्राउ परेका दुवैजना विरुद्ध बैंक तथा बित्तीय संस्था सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान बढाएको प्रहरी प्रवक्ता खनालले जानकारी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here