गगन र विश्वप्रकाशको विजयले जगाएको रूपान्तरणको आशा युवा नेता : गुञ्जन यादव ।


रामसरन यादव

रौतहट १ पौष ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । कूल खसेको मतमध्ये थापाले ६४.५६ प्रतिशत र शर्माले ४२.३७ प्रतिशत प्राप्त गरेर नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीमा स्थापित हुन सफल भएका छन् । नेपाली कांग्रेस वृत्तमा मात्र होइन, आमसमुदायमा पनि यी दुई युवा चर्चित र लोकप्रिय मानिन्छन् । यिनीहरूमाथि आमनागरिकको पनि आमभरोसा पनि छ । बिपी कोइराला बिकाश युवा नेतृत्त्व को रौतहट जिल्ला उपसभापती गुञ्जन यादवले

थापा र शर्माको उदयले नेपाली कांग्रेसको नेतृत्व अब युवा पिँढीमा रूपान्तरण भएको मात्र सन्देश दिएको छैन, पार्टीभित्र गुट तथा उपगुटको कुनै अर्थ र औचित्य छैन भन्ने तथ्य पनि स्थापित गरिदिएको छ । महाधिवेशन प्रतिनिधिको सुविचारित मत प्रकट भएको छ । प्यानल बनाएर सबैजना चुनावमा होमिएकामा महाधिवेशन प्रतिनिधिले मतदानमा भने विवेक प्रयोग गरेका छन् । गगन र विश्वप्रकाशरूपी रूखहरू नेपाली कांग्रेसमा ढुंगाको काप फोरेर उम्रेका छन् ।

नेपालको राजनीतिमा अस्थिरताको जड नै पार्टीभित्रको गुट र उपगुट हो । यो रोगबाट नेपाली कांग्रेस स्थापनाकालदेखि नै ग्रसित थियो । २०५० पछि आफ्नै पार्टी सभापतिलाई हराउन ‘अन्तर्घात’ गरिएको कांग्रेसमा गुटले जरा गाडी नै रहेको थियो । थापा र शर्माको विजयले त्यो गुटलाई अन्त्य गरेको सन्देश दिएको छ ।

हालसम्मको निर्वाचन परिणाम हेर्दा गुट र प्यानलभन्दा पनि उम्मेदवारको निष्ठा, योग्यता र योगदानलाई महत्ता दिइएको छनक मिलेको छ । यसले गर्दा नेतृत्व युवाको नभए पनि नीति निर्माणमा युवा रहने स्पष्ट संकेत देखिएको छ । त्यही नीतिले नै कांग्रेस र मुलुकको राजनीति मात्र होइन, आम नेपाली जनताको भाग्यलाई डोर्‍याउने अपेक्षा गर्न सकिन्छ ।

यसपालि गगन थापाले कांग्रेसको पुनर्जागरण र रूपान्तरणको प्रस्तावसहित चुनाव आफूलाई उभ्याएका थिए । उनको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने पार्टीको ध्येय हुनुपर्नेमा जोड छ । अब उनले घोषणा गरेका उक्त ध्येयलाई पार्टी र मुलुकको रूपान्तरणमा लैजानुपर्छ । यसका लागि विगतमा जस्तो पार्टीभित्र विवाद र कलह नहुने आँकलन गर्न सकिन्छ । विगतमा कांग्रेसले उचित नीति र नेतृत्व नपाउँदा पहिलो संघीय, प्रदेश र स्थानीय तहका निर्वाचनमा नराम्रो हार खानुपरेको थियो । सही मार्गमा पार्टी र नेतृत्व हिंडेन भने जनताले कसरी दण्ड दिंदा रहेछन् भन्ने पाठ यसपालि महाधिवेशनका प्रतिनिधिहरूले राम्रैसँग पढेको देखियो । र, उनीहरू परिवर्तन खोजिरहेको पनि प्रस्ट भयो । त्यो परिवर्तनको प्रस्थान विन्दु भनेको पार्टी पदाधिकारीको बहुमतमा युवाको नेतृत्व । दल सुधार्ने प्रस्थान बिन्दु थापा र शर्मा मानिएको छ, थापा र शर्मालाई बिपी कोइराला बिकाश युवा नेतृत्त्व को रौतहट जिल्ला उपसभापती गुञ्जन यादवले बधाइ समेत दिएका छन् ।

लोकप्रिय