Home मुख्य समाचार गरिव, विपन्न तथा असहायलाई न्यानो कपडा वितरण ।

गरिव, विपन्न तथा असहायलाई न्यानो कपडा वितरण ।

गरिव, विपन्न तथा असहायलाई न्यानो कपडा वितरण ।

रौतहट ३ पुष ।

बङ्गलादेशमा रहेका विभिन्न कलेज तथा विश्वविद्यालय मा अध्ययनरत बिधार्थीहरु को हकहितप्रति सदैव समर्पित यस ” नेप्लिज स्टुडेन्ट एसोसिएसन बङ्गलादेश द्वारा आज कपडा वितरण कार्यक्रम गरेको छ । नेप्लिज स्टुडेन्ट एसोसिएसन बङ्गलादेशले बङ्गलादेशको ढाका स्थित ढाका विश्वविद्यालयको टिएससि मोर, दोयेल चोतोर, सहिद मिनार लगाएत विभिन्न ठाँउमा लत्ता कपडा वितरण गरेको हो । उक्त कार्यक्रम बढिरहेको जाडोलाई मध्यनजर गर्दै ढाकाको विभिन्न स्थानमा रहेकोे ३०० जना भन्दा बढी असहाय तथा गरिब बिपन्न महिला,वृद्धवृद्धा तथा बालबालिका लाई न्यानो कपडा बितरण कार्यक्रम गरेको यस संगठन का उपाध्यक्ष सुधिर यादवले बताएका छ ।

नेप्लिज स्टुडेन्ट एसोसिएसन बङ्गलादेशका अध्यक्ष डा धिरज यादवको अध्यक्षतामा आयोजित कार्यक्रमका अतिथिमा यस संगठनका पुर्व अध्यक्ष डा राजु साह तथा डा प्रियंका साह रहेको थियो।
सो कार्यक्रममा अजय साह, सौरभ सिंह राजपुत, सुधिर यादव,राजेस्वरी भगत,सन्नी सिद्धार्थ सिंह, नितिस कुमार यादव, अर्जुन काफ्ले लगायत विभिन्न कलेज तथा विश्वविद्यालय बाट नेपाली विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन सुजल थापा ,पीयूष बराल र अशोक यादवले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here