Home मुख्य समाचार बारामा मोटरसाइकल दुर्घटनामा एक जना मृत्यु ।

बारामा मोटरसाइकल दुर्घटनामा एक जना मृत्यु ।

बारामा मोटरसाइकल  दुर्घटनामा एक जना मृत्यु ।
  1. रौतहट २७ फागुन ।
  2. बारामा गाडी दुर्घटनामा एकजना युवकको ज्यान गएको छ ।
    हुलाकी सडक खण्ड अन्तरगत महागढीमाई नगरपालिका–८ स्थित थलही खोला नजिक नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको ज्यान गएको हो। कलैयाबाट लंगडा चौक तर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक आदर्श कोतवाल गाउँपालिका–१; जमुनियाका २२ बर्षीय युवक बिकास साहको ज्यान गएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी गराउनु भयो ।

गम्भीर घाइते भएका साहको गण्डक स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजी भईरहेको प्रहरीले जनाएको छ । मृतक युवक प्रहरी सहायक निरीक्षक लालबाबु साहका छोरा हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here