Home मुख्य समाचार उपराष्ट्रपति विजयी उत्सव मनाइयो रौतहटमा : जसपा नेपाल ।

उपराष्ट्रपति विजयी उत्सव मनाइयो रौतहटमा : जसपा नेपाल ।

उपराष्ट्रपति विजयी उत्सव मनाइयो रौतहटमा : जसपा नेपाल ।

अरविन्द कुमार यादव
रौतहट ४ फाल्गुन ।उपराष्ट्रपति पदमा राम सहाय प्रसाद यादव विजयी प्राप्त गरेकोमा विजयी उत्सव रौतहटमा मनाईएको हो।जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटले नेपालको तेस्रो उपराष्ट्रपतिलाई हार्दिक बधाई मैनवती बालेर शनिबारका दिन ज्ञापन दिएको छ।

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति राम सहाय प्रसाद यादव निर्वाचित भएकोमा जसपा नेपाल रौतहटले सदरमुकाम गौरको मधेसी क्रान्ती चौकमा दिप प्रज्वलन गरि खुसियाली मनाएको हो।
जनता समाजवादी पार्टी नेपालको तत्कालीन केन्द्रिय महासचिव एवं बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य समेत रहेको उपराष्ट्रपति राम सहाय प्रसाद यादव हुन् ।चैत्र ३ गते शुक्रबारका दिन भएको उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३ सय २८ मत ल्याई उपराष्ट्रपति पदमा राम सहाय प्रसाद यादव निर्वाचित भएका थिए।
जनता समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य एवं गौर नगरपालिका पूर्व उपमेयर किरण ठाकुरले गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति पदमा माननीय राम सहाय प्रसाद यादव विजयी प्राप्त गरेकोमा हार्दिक बधाई तथा उहाँको कार्यकाल सफलताको कामना गरि विजयी उत्सव कार्यक्रम सफल भएको र पार्टीको सबै नेताकार्यकर्ताहरु तथा आमजनताहरुले उत्सवमा सहभागी भएकोमा धन्यवाद ज्ञापन गरेका थिए।
जनता समाजवादी पार्टी रौतहटको आयोजनामा उपराष्ट्रपति विजयी उत्सव मनाइएको जिल्ला अध्यक्ष श्याम विहारी यादवले जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here