Home मुख्य समाचार मधेश प्रदेशमा मीटरब्याजीको समस्या न्यूनीकरण गर्न कृषि मन्त्री ई.कुशवाहाको पहल ।

मधेश प्रदेशमा मीटरब्याजीको समस्या न्यूनीकरण गर्न कृषि मन्त्री ई.कुशवाहाको पहल ।

मधेश प्रदेशमा मीटरब्याजीको समस्या न्यूनीकरण गर्न कृषि मन्त्री ई.कुशवाहाको पहल ।

रौतहट, १४ चैत ।

मधेश प्रदेशमा मीटर ब्याजीको समस्या दिन प्रति दिन विकराल हुदै गएको छ।
यसमा खासगरी गरीब असहाय निमुखा किसानहरु सबभन्दा बढी पीड़ित छन्। यसको स्थायी समाधानका लागी मधेश प्रदेशका भुमि, कृषि व्यवस्था तथा सहकारी मन्त्री ई. बसन्त कुशवाहाले पहल आफ्नो तर्फबाट सुरू गरेका छन्।

मधेश प्रदेशमा किसानहरु कृषिको कार्यका लागि चर्को ब्याज दरमा साहुहरुसंग ऋण लिने गरेका छन्। यसका लागि मन्त्री ई.कुशवाहा केही दिन देखि काठमाण्डौका केही ठुला बैंकका ब्यवस्थापकहरुसंग छलफलमा व्यस्त छन्। यी बैंकहरुले सहुलियत ब्याज दरमा सहज प्रक्रिया मार्फ़त ऋण उपलब्ध गराउने उनलेे बताए ।

ऋणको दर ५ देखि ७% हुने अनुमान गरिएको छ। यसमा भूमिहीन किसान देखि निम्न वर्गीय साना किसानको खेती कार्य, खाद्य उपजबाट संचालन हुने उद्योग, कृषि उपजको बजारीकरण, बीऊबिजनको उत्पादन, कृषि उपकरण उत्पादन, खरीद र बिक्री आदि समेत यो ऋणबाट प्रयोग गर्न सकिने बताए ।

ऋणको सही सदुपयोगका लागि कृषि सेवा केन्द्र, बिज्ञ केन्द्र, कृषि परामर्श सेवा तथा काँल सेण्टर समेत संचालन गरी किसानलाई कृषि कार्यमा सहजीकरण हुने मन्त्री कुशवाहाले जनाईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here