Home मुख्य समाचार माधोपुर स्वास्थ्य चौकीमा थप दुई कोठे भवनको निर्माणका लागि नगर प्रमुख यादबद्वारा शिलान्यास।

माधोपुर स्वास्थ्य चौकीमा थप दुई कोठे भवनको निर्माणका लागि नगर प्रमुख यादबद्वारा शिलान्यास।

माधोपुर स्वास्थ्य चौकीमा थप दुई कोठे भवनको निर्माणका लागि नगर प्रमुख यादबद्वारा शिलान्यास।

रौतहट ३ जेठ ।
रौतहटको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुरमा अवस्थित स्वास्थ्य चौकीका थप दुई कोठे भवन निर्माणका लागि नगरप्रमुख बैजनाथ (बैजु) प्रसाद यादवले शिलान्यास गरेका छन ।
माधोपुर स्वास्थ्य चौकीको आवश्यकतालाई मध्यनजर गर्दै सो भवन निर्माणको लागि शिलान्यास भएको नगरप्रमुख यादवले जानकारी गराएका छन ।
नगर स्तरीय बजेटबाट निर्माण हुन लागेको दुई कोठे भवनको कुल लागत २४ लाख रहेको माधवनारायण नगरपालिकाका प्रशासन शाखा प्रमुख पृथ्वी यादवले जानकारी गराएका छन । सो शिलान्यास कार्यक्रममा नगरप्रमुख बैजनाथ प्रसाद यादव , वडा नं. ६ का वडा अध्यक्ष राम नरेश राय यादव, नगरपालिकाका कर्मचारीहरु, भद्रभलादमी, सञ्चारकर्मी लगायत नगरवासीको उपस्थित रहेको थियो । स्वास्थ्य चौकीमा भवन निर्माण हुने भएकोले स्थानीयवासी खुशी व्यक्त गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here