Home मुख्य समाचार माधव नारायण नगरपालिकाको भवन निर्माणको लागी मेयर यादबले ५ कठ्ठा जग्गा गरे निशुल्क दान ।

माधव नारायण नगरपालिकाको भवन निर्माणको लागी मेयर यादबले ५ कठ्ठा जग्गा गरे निशुल्क दान ।

माधव नारायण नगरपालिकाको भवन निर्माणको लागी मेयर यादबले ५ कठ्ठा जग्गा गरे निशुल्क दान ।

रौतहट ९ जेठ ।

रौतहट जिल्लाको एक नगरपालिकाको नगर प्रमुखले आफ्नो करौडौँको निजि जग्गा नगरपालिकालाई दान गरेका छन । जिल्लाको माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले नगरपालिका भवन निर्माणका लागि आफ्नो करोडौंको जग्गा निःशुल्क दान गरेका छन्।

मेयर यादवले नगरपालिका कार्यालय भवन निर्माणका लागि आफ्नो करिब १ करोड मूल्य पर्ने ५ कठ्ठा जग्गा नगरपालिकाको नाममा रजिष्ट्रेशन गरेका छन्।
नगर प्रमुख यादबले गरुडा नगरपालिका स्थित रहेको मालपोत कार्यालयमा स्वयम् आएर नगरपालिकाको नाममा सहि छाप गरेर जग्गा पास गरेका छन ।

बर्षो देखि जग्गाको अभावमा भाडाको भवनमा सन्चालनमा हुदैँ आएका नगरपालिकालाई जग्गा प्राप्त भएपछि आफ्नै प्रशासनिक भवन हुने भएको नगरबासिले विश्वास गरेका छन । नगर प्रमुख यादवले माधवनारायण नगरपालिका–६ माधोपुर बजार देखि पिप्रा जाने सडकखण्डसंग जोडिएको स्वास्थ्य चौकी माधोपुरको छेउमै रहेको किता नं १३५५ को सो जग्गा माधवनारायण नगर कार्यपालिकाको कार्यालय माधोपुरको नाममा दान गरेका हुन् ।

नगर प्रमुख यादवले निःशुल्क जग्गा उपलब्ध गराएपछि माधव नारायण नगरपालिका कार्यालयको प्रशासनिक भवन निर्माण गर्ने बाटो खुलेको छ।भवन निर्माणका लागि जग्गा नहुँदा नगरपालिकाको भवन निर्माण हुन सकेको थिएन तर मेयर यादवले निःशुल्क जग्गा दान गरेपछि अब माधवनारायण नगरपालिकाको आफ्नै भवन निर्माण हुने भएको छ।

यस अघि नगरपालिकाको आफ्नै भवन नहुँदा नगरपालिका कार्यालय स्थापना भएदेखि अहिलेसम्म नगरपालिकाको कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको छ। यसरी भाडाको घरमा नगरपालिका कार्यालय सञ्चालन हुँदा पालिकाको बर्सेनि लाखौं रकम भाडामै खर्च हुँदै आएको छ।नगरपालिकाको आफ्नै भवन निर्माण भएपछि पालिकाले भाडामा खर्च गर्दै आएको लाखौं रकम बचत हुने छ।

नगरपालिका भवन निर्माणको लागि पर्याप्त जग्गा भएको भन्दै अब चाँडै नगरपालिका भवन निर्माणको प्रक्रिया सुरु हुने नगर प्रमुख बैजनाथ यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here