Home मुख्य समाचार बृन्दावन नगरपालिकाको हर्साहा चौकमा जनस्वास्थ्य प्रयोगशाला स्थापना ।

बृन्दावन नगरपालिकाको हर्साहा चौकमा जनस्वास्थ्य प्रयोगशाला स्थापना ।

बृन्दावन नगरपालिकाको हर्साहा चौकमा जनस्वास्थ्य प्रयोगशाला स्थापना ।

रौतहट, ११ जेष्ठ ।

रौतहटको बृन्दावन नगरपालिकाको हर्साहा चौकमा जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको छ।

प्रयोगशालालाई नगरपालिकाका बिनोद प्रसाद कुर्मीले उद्घाटन गरे। मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बृन्दावन नगरपालिका बीचको सहकार्यमा प्रयोगशाला स्थापना गरिएको हो ।

प्रयोगशालाको उद्घाटन गर्दै नगर-प्रमुख कुर्मीले पहिला नगरबासीलाई ठूलो वा सामान्य चेकजाँचका लागि गौर, चपुर, जनकपुर, बिरगंज र काठमाडौं जानु परेको थियो तर आजदेखि गाउँमै सहुलियत कम शुल्क सर्वसुलभ मूल्यमा सेवा पाउनु आम नागरिकको लागि धेरै खुशीको कुरा रहेको उनले बताए ।
यस क्षेत्रका आम नागरिकका लागि ल्याव सेवा प्रभावकारी सिद्ध हुने विश्वास व्यक्त गरे । उनले भने, ‘स्वास्थ्य सेवा हरेक नागरिकसंग जोडिएको विषय हो । हरेक नागरिकको सरोकारको विषय हो । देश विदेशमा गएर चेकजाँच गराउने वा नीजिमा गएर पैसा लुटिने डर प्रयोगशालामा हुदैन् ।’

प्रयोगशालाको उद्घाटन गर्दै नगर-प्रमुख कुर्मीले भने, ‘हामी नीजि क्लिनिक वा अस्पातलमा जाँन्छौं, सामान्य चेक जाँच गरेको पनि हजारौं तिर्न लगाउँछ, त्यो हजार रुपियाँ एउटा गरिबको लागि कति कष्टकर हुन्छ, तर अब गाउँमै यस क्षेत्रको जनताले चेकजाँच गर्न पाउँछ, यो भन्दा बढी खुशीको कुरा के होला !’ कुर्मीले जनस्वास्थ्य प्रयोगशाला अनुसारको चिकित्सकीय सेवामा राखिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here