Home मुख्य समाचार वडा अध्यक्ष बिजय यादवद्वारा जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरियाे।

वडा अध्यक्ष बिजय यादवद्वारा जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरियाे।

वडा अध्यक्ष बिजय यादवद्वारा जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरियाे।

रौतहट १७ असार ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १ घुसुकपुरमा आइतबार वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । फतुवा बिजयपुर १ का वडा अध्यक्ष बिजय यादवको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमबाट वडाका ७० बर्ष माथिका सबै जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । जेष्ठ नागरिकलाई सम्मान संगै ७० बर्ष माथिका सबै जेष्ठ नागरिकलाई झुल,छाता , टर्च लाइट बितरण गरिएको छ । वडामा रहेका २ सय जनालाई सम्मान तथा झुल बितरण गरिएको वडा सचिव बृज यादवले बताए ।जेष्ठ नागरिकको सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिजय यादवले जेष्ठ नागरिकको सम्मान गर्नु आफुहरुको कर्तव्य रहेको बताए । वडामा रहेका जेष्ठ नागरिलाई सम्मान गर्दा थोरै भएपनि उनीहरुलाई राहात पुगेको छ । अगामी दिनमा यसरी नै सम्मान गदै जाने वडा अध्यक्ष यादवले बताए । वडाको बजेटबाट जेष्ठ नागरिकलाई सम्मान तथा झुल, छाता , टर्च लाइट बितरण गरिएको हो । वडाका जेष्ठ नागरिकहरुले वडाले यसरी सम्मान गर्दा आफुहरुलाई खुसी लागेको बताए । जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडा सदस्यहरु रामकृष यादव राम प्रवेश मुखिया, लगायत् वडाका बरघर, अगुवा, पत्रकार बुद्धिजीबीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here