Home मुख्य समाचार श्री राम सुगर मिल्सलाइ जोगाउन उखु उत्पादक संघ रौतहटको बैठक सम्पन्न ।

श्री राम सुगर मिल्सलाइ जोगाउन उखु उत्पादक संघ रौतहटको बैठक सम्पन्न ।

श्री राम सुगर मिल्सलाइ जोगाउन उखु उत्पादक संघ रौतहटको बैठक सम्पन्न ।

रौतहट १६ साउन ।

रौतहटको गरुडा नगरपालिकामा मंगलवार आयोजित उखु उत्पादक संघ रौतहटको बैठकमा स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाउन र श्रीराम सुगर मिल्सलाई जोगाउने वृहद भेला गर्ने सम्बन्धमा निर्णय भएको हो ।
गरुडामा रहेका श्रीराम सुगर मिल्सका संचालक समितिले अनाधिकृत रुपमा कबाड भन्दै टेण्डर प्रक्रिया निकालेको विरुद्धमा उखु किसानहरुद्धारा आउदो २२ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने भएका छन् ।
मिल्सको जग्गालाई जोगाउन रौतहटको चारै क्षेत्रका जनप्रतिनिधिहरु, प्रदेशका जनप्रतिनिधिहरु, संघका प्रतिनिधिहरु सहित नागरिक समाज, बुद्धिजीविहरु, किसानहरुको उपस्थितिमा साउन २७ गते शनिवारका दिन गरुडा स्थित श्रीराम सुगर मिल्सको हाता भित्र वृहद भेला गर्ने निर्णय भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here