Home मुख्य समाचार आरती साहको हत्यारामाथि कारवाही गर्न स्वयंसेवक संघको माग।

आरती साहको हत्यारामाथि कारवाही गर्न स्वयंसेवक संघको माग।

आरती साहको हत्यारामाथि कारवाही गर्न स्वयंसेवक संघको माग।

रौतहट ०१ भदौ ।

दाइजो नल्याएको निहुँमा हत्या गरिएकी जनकपुरकी आरती साहको परिवारप्रति ऐक्यबद्धता जनाउँदै दोषीलाई छिट्टै कानूनी दायरामा ल्याउन नेपाल सरकारसँग नेपाल स्वयंसेवक संघ मधेश प्रदेशले माग गरेको छ ।

संघले रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई एक ज्ञापनपत्र बुझाउँदै प्रत्येक नेपाली नागरिकको न्याय पाउने अधिकार नेपालको संविधानमा सुनिश्चित गरेको अवस्थामा पनि दाइजोको निहुँमा गरिएको हत्याको घटनामा निष्पक्ष छानबिन हुनु पार्ने माग गरेको हो ।

सरकारले कुनै सुनुवाई नगरी अभियुक्तलाई जोगाउने नियत राखेर पीडित परिवारको आन्दोलन समाप्त पार्ने गरी सरकारको निर्देशनमा प्रहरीद्वारा गरिएको ज्यादती, शोषण, दमनप्रति स्वयंसेवक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मृतक शाहको न्यायका लागि माइती पक्ष काठमाडौँको माइतीघरमा धर्ना बस्न थालेको ६४ दिन बितिसक्दा समेत सरकारले बेवास्ता गरेको संघकी प्रवक्ता पूजा पाठक तिल्सिनाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here