Home मुख्य समाचार फतुवा बिजयपुर नपा न ७ वडा कार्यालय उद्घाटन ।

फतुवा बिजयपुर नपा न ७ वडा कार्यालय उद्घाटन ।

फतुवा बिजयपुर नपा न ७ वडा कार्यालय उद्घाटन ।

रौतहट १२ भदौ ।
राैतहटको फतुवा बिजयपुर नगरपालिकामा वडा कार्यालय भवन काे उद्घाटन भएकाे छ।
साे नगरपालिकाकाे वडा नं ७ स्थित फतुवा गाउँकाे वडा कार्यालय साेमबारका दिन एक कार्यक्रमका बिच नव निर्मित भवनकाे उद्घाटन भएकाे हाे। शान्ति तथा पुर्ण निर्माण र फतुवा बिजयपुर नगरपालिका वडा नं ७ काे संयुक्तमा कुल लागत २२ लाख ७२ हजार काे लागतमा बनेका वडा कार्यालय काे उद्घाटन वडा अध्यक्ष रामबिशवास राय यादवले आज बधिवत रूपमा पुजापाठ गरि कार्यालयकाे उद्घाटन गरेका छन।

उद्घाटनकाे क्रममा बाेल्दै वडा अध्यक्ष यादवले आफुले पहिलाे पटक निर्वाचित भएकाे हुदा धेरै किसिम काे कुराहरू सिकिरहेका छु । वडा कार्यालयकाे उद्घाटन भए संग वडा नं ७ वासीहरूले खुशि ब्यक्त गरेका छन। साे उद्घाटन कार्यक्रममा वडा अध्यक्षहरू, बिजय कार्की प्रहरी निरिक्षक, शस्त्र प्रहरी निरिक्ष राजेश अचार्य, वडा सदस्यहरू ,वडा सचिव उपेन्द्र प्रसाद साह, शिक्षक जाेतनरायण यादव , सुचना अधिकारी हंशराज कुमार यादव,दर्ता चलानि फाटबाट दुर्गा ढुंगेल ,पंजिकरण शाखा प्रमुख अर्जुन यादव,कार्यलय सहयाेगि सुनिल यादव ,वडा प्रत्यासी जियालाल यादव , संचारकर्मिहरूकाे उपस्थितरहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here