Home मुख्य समाचार भुमाफियाको गुण्डा शैलीलाई संरक्षण गर्दै रौतहट प्रहरी -पीडितको आरोप ।

भुमाफियाको गुण्डा शैलीलाई संरक्षण गर्दै रौतहट प्रहरी -पीडितको आरोप ।

भुमाफियाको गुण्डा शैलीलाई संरक्षण गर्दै रौतहट प्रहरी -पीडितको आरोप ।

रौतहट, ०४ मंसिर ।

रौतहट जिल्लाको चन्द्रनिगाहपुर बजार क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायका सर्व साधारण माथी स्थानिय भुमाफियाहरु गिद्धे दृष्टि लगाउन थालेका छन् । चन्द्रपुर नगरपालिका बडा नम्बर ४ मा बिगत २० वर्ष देखि घर बनाई बसोबास गर्दे आएका एक मधेशी मुलका नेपाली लाई केहि स्थानिय भुमाफियाहरुले दुख दिन थालेपछि भुमाफियाको कर्तुत बाहिरीएको हो ।
चन्द्रपुर नगरपालिकाको देउराली चोकमा २४ धुर जग्गा खरिद गरी विगत २० वर्ष देखि घर बनाई पाउरोटिको व्यवसाय गर्दे आएका शेख मनिरको जग्गा लाई बलपूर्वक भुमाफियाहरुले कब्जा गर्न खोजेको पिडितले आरोप लगाएका छन् ।
भुमाफियाहरुले अन्यत्रको जग्गाको कागजात ल्याई आफ्नै जग्गामा दाबी गर्दै आए पछि पिडित पक्षले आज रिपोर्टस कल्ब गौरमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउनुको साथै न्यायको लागी हार गुहार गरेका हुन ।
भुमाफिया बाट पिडित शेख मनिरका अनुसार स्थानिय नरबहादुर बोग्टी भन्ने राजन र महोतरी जिल्ला घर भएका भुमाफिया कासीम अंसारीले अन्य जग्गावाला संग अन्य नै जगगाको कागजात खरिद गरी आफु मधेशी भएकै कारण मेरो जग्गा सजिलै कब्जा गर्न सक्ने मन्सायले गुन्डा प्रयोग गरी घर तोडफोड गरेको आरोप लगाएका छन् ।
सम्प्रदायिक सोचले अभिप्ररित भई भुमाफिया भनिएका नरबहादुर र कासीमले मेरो जग्गा कब्जा गर्न पावर र पहुँचको अधारमा अदालत लाई समेत अध्यारोमा पारी आफ्नो पक्षमा फैसला गराउन सक्ने अभिप्रायले जिल्ला अदालतमा मुद्धा दिएको तर अदालतले सो मुद्धाको फैसल भुमाफियाको विपक्षमा आए पछि पुन पुनरावेदनमा रिट दायर गरेको र पुनरावेदनबाट समेत भुमाफियाहरु मुदा हारे पछि गन्डा शैलीमा उत्रेको पिडित शेख मनिरको आरोप रहेको छ ।
त्यस्तै पिडित मनिरले मंसिर २६ गतकोे पुनरावेदन अदालतको निशेधाज्ञा विपरीत २९ गते ईलाका प्रहरी कार्यालयका प्रहरीको उपस्थिती मा भुमाफियाहरुले आफ्नो घरमा गुण्डाहरु प््रयोग गरी तोडफोड र लुटपाट गरेको बताएका छन् ।
पुनरावेदन अदालतमा मुद्धा चली रहँदा भुमापmियाहरु निजि अमिन लगी आफ्नो जग्गा नापजाँच गर्न खोज्दा परिवारको सदस्यहरु आपत्ती जनाउदा ईलाका प्रहरी कार्यालयका प्रहरीले भुमाफियाहरुको ईसारामा आफ्नो श्रीमती, छोरी र अन्य परिवारका सदस्यहरुलाई थुनेको तथा आफु व्यापारबाट फर्केर आउँदा घटना थाहा पाई भेटन जाँदा उनिहरुलाई थुनामुक्त गरी आफुलाई नै थुनेर अभद्र व्यहवारको मुद्धा चलाई १९ दिन थुनामा राखेको तथा पुस ३ गते अदालतको निशेधाज्ञाको आधारमा छोडेको पिडितले आरोप लगाएका छन् ।
भुमाफियाले आँखा गाडेको आफ्नो जग्गाको मुद्धामा तल्लो दुई तहको अदालतले आफ्नो पक्षमा फैसला गरेको र सर्वोच्च अदालतमा समेत मुद्धा प्रक्रियामा रहेको तर रौतहट प्रहरी न्यायीक अड्डाको आदेश समेत बेवास्ता गरी भुमाफियाको ईसारामा संचालन रहेको पिडित मनिरको आरोप रहेको छ ।
त्यस्तै पिडित भनिएका मनिर का आफन्त जुलफेकार का अनुसार आफुहरु घटनाको सम्बन्धमा पटक पटक प्रमुख जिल्ला अधिकारी कहाँ जाँदा प्रमुख जिल्ला अधिकारीले रौतहट प्रहरीका प्रमुखलाई उचित आदेश दिए पनि सो अनुसारको सहयोग नभएको गुणासो गरेका छन् । जुलफेकारका अनुसार ईलाका प्रहरी कार्यालय चपुरका निमित्त प्रमुख अदालतको आदेश कार्यानवयन गराउनुको सट्टा भुमाफियालाई नै सहयोग गर्ने गरेका छन् । आफुहरु साह्रै अन्यायमा परेकोले न्यायको पक्षमा अवाज उठाई न्यायका लागी पहल र सहयोग गरी दिन पिडितले पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here