Home मुख्य समाचार रौतहटमा ७० वर्षीय वृद्धलाई मदिरा खुवाएर लुटपाट गर्ने दुई जना पक्राउ ।

रौतहटमा ७० वर्षीय वृद्धलाई मदिरा खुवाएर लुटपाट गर्ने दुई जना पक्राउ ।

रौतहटमा ७० वर्षीय वृद्धलाई मदिरा खुवाएर लुटपाट गर्ने दुई जना पक्राउ ।

रौतहट १२ पौष ।

मदिरा सेवन गराई लुटपाट गर्ने दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कटहरिया नगरपालिका–४ बहादुरपुर टोल बस्ने नसिब बैठा र वडा नम्बर ५ पानी ट्यांकी बस्ने हरिशंकर साह सोनारलाई पक्राउ गरेको हो।

दुवै जनाले सोही स्थानका ७० वर्षीय आलम मिया मन्सुरीलाई बिहीबार बिहान १० बजे ललाई फकाई मदिरा सेवन गराई नियन्त्रणमा लिएर उनको साथमा रहेको ८२ हजार रकम लुटेर भागेको प्रहरीले जनाएको छ।

फरार भएका दुवै जनालाई इलाका प्रहरी कार्यालय कटहरियाको टोलीले कटहरिया नगरपालिका–५ बाट नगद ५९ हजारसहित पक्राउ गरेको रौतहटकी प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन्। पक्राउ परेका दुवैजनालाई चोरी तथा डाँकासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here