रौतहट ३० पुस ।
रौतहट जिल्लाको सदरमुकाम गौरमा जनमत पार्टीले प्रर्दशन गरेको छ ।सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारले किसानको समस्याहरु समाधान गर्नु पर्ने माँग राख्दै प्रदेश २ का जिल्लाहरुमा प्रर्दशन गर्दै आएको छ । किसानहरुलाई बिउबिजन, मलखाद तथा आवश्यक सामग्रीहरु सहजरुपमा उपलब्ध गराउनुपर्ने पर्ने तथा किसानले भोग्दै आएका समस्याहरु समाधानका लागी सरकारले तत्काल पहल गर्नुपर्ने माँग राख्दै उनीहरुले प्रदर्शन गरेका छन्। किसानका माँग प्रति सरकार गम्भीर नभएको कारण आफुहरु आन्दोलनमा उत्रिनु परेको जनमत पार्टीका रौतहट अध्यक्ष रामेश्वर प्रसाद यादवले जानकारी दिए। उनका अनुसार सकारको ध्यानाकर्षणका लागी आजै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ। किसानहरुले हलो, कोदालो, टायरगाडा लगायतका कृषि सामग्रीहरु सहित गौरमा प्रर्दशन गरेको अध्यक्ष यादवले बताए। तराई मधेका किसानहरु वर्षौ देखि अभावमा बाच्नु परेको तथा कृषकको हितका लागी सरकारले कहिल्यै नसोचेको उनको भनाई छ।